Yug Post

Day: ९ श्रावण २०८१ १५:३४

छोरालाई स्कुल र श्रीमतीलाई अफिसबाट लिएर पोखरा उडेका मनुराज शर्माका तिनैजना आकाशमै अस्ताए

छोरालाई स्कुल र श्रीमतीलाई अफिसबाट लिएर पोखरा उडेका मनुराज शर्माका तिनैजना आकाशमै अस्ताए

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानका पाइलटको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको जनाइएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान्–श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै…
Read More
दुर्घटित विमान क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त

दुर्घटित विमान क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त

त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । दुर्घटनास्थलबाट १८ वटा शवहरू झिकेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । उनको निधार र आँखामा गहिरो चोट लागेको छ। काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था खतरा मुक्त परहेको बताएको छ।
Read More
बिग्रेको विमान मर्मतको लागी पोखरा उडेको थियो दुर्घटना भएको विमान

बिग्रेको विमान मर्मतको लागी पोखरा उडेको थियो दुर्घटना भएको विमान

एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गरे । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।  विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…
Read More
चालकदल सहित १९ जना यात्री बोकेको विमान त्रिभुवन विमानस्थल नजिक दुर्घटना

चालकदल सहित १९ जना यात्री बोकेको विमान त्रिभुवन विमानस्थल नजिक दुर्घटना

त्रिभुवन विमानस्थल नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search