Yug Post

Day: ३२ असार २०८१ ०९:२२

त्रिशूली नदीमा बेपत्ता यात्रुको  खाेजी कार्य अझै जारी

त्रिशूली नदीमा बेपत्ता यात्रुको खाेजी कार्य अझै जारी

काठमाडौँ– गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई बस र त्यसमा सवार यात्रुको खोजी आज पनि जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले शुक्रबारदेखि खोजी कार्य जारी राखेका छन् । खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ ।दुर्घटनामा परेका दुई वटा बसमा कम्तिमा ६५ यात्रु सवार थिए । तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता भएका यात्रुमध्ये अहिलेसम्म १२ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत भएको छ भने सात जनाको सनाखत हुन बाँकी छ…
Read More
भिमसेन थापा देखी केपि ओलि सम्म २१८ वर्ष शासन सत्ता संचालन गरेका ३८ जना  यस्ता छन् प्रधानमन्त्री

भिमसेन थापा देखी केपि ओलि सम्म २१८ वर्ष शासन सत्ता संचालन गरेका ३८ जना यस्ता छन् प्रधानमन्त्री

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६  (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन। नेपालका प्रधानमन्त्रीको इतिहास हेर्दा ३८ जनाले अहिलेसम्म ६३ पटक प्रधानमन्त्रीको हैसियतमा शासन सत्ता सञ्चालन गरिसकेका छन् । जसमध्ये ४ जनाले मुख्तियार, ४ जनाले मन्त्रिपरिषद् अध्यक्ष र ३१ जनाले प्रधानमन्त्रीका रुपमा सरकार चलाएका छन् । मन्त्रिपरिषद् अध्यक्ष र प्रधानमन्त्री दुवै भएर सरकार चलाउने सूर्यबहादुर थापा एक्ला नेता हुन् । यस्तै मुख्तियार र प्रधानमन्त्री भएर देशको बागडोर सम्हाल्ने फत्यजंग शाह एक्ला हुन् । यस्तै विभिन्न समयमा ५ पटक सरकारको बागडोर सम्हाल्नेमा थापासँगै स्वर्गीय गिरिजाप्रसाद कोइराला र…
Read More
मनकामना केबुलकार आजदेखी ५० दिन बन्द

मनकामना केबुलकार आजदेखी ५० दिन बन्द

चितवन– मनकामना केबुलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ ।केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका लागि दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।गोरखाको शहीद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ साल मङ्सिर ८…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search