३ फाल्गुन २०८० १९:३२
३ फाल्गुन २०८० १९:३२
इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुनेछ। परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिने र एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्। उनले भनिन्, ‘शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन्।’ परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार इपिएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिंगर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ। परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाई हुनेछ। परीक्षा समयभन्दा एक घण्टाअगाडि परीक्षा हलमा…