Yug Post

संसारमा सबैभन्दा बढी जनसंख्या भएको शहर चिनको छोङछिङ पुगेपछि

Advertisement

मेराे जीवनमा एकपटक चीन जाने ठुलो धाेकाे थियो । किनकि हामीले माओकालिन चीन धेरै पढेका थियौँ र पछिल्लो सी कालिन चीन आफ्नै जिवनमा हेर्ने चाहना थियोे । हामी माओवादका अनुयायी भएको र चिन हाम्रो आदर्श भुमि भएकोले चिन प्रति हाम्रो बढी आस्था र विस्वास हुनु स्वभाविकै भयो । बैचारिक रुपले चिनिएको र भाैगाेलिक रुपले पढिएकाे चीनमा जान पाउनु मेरो लागि चासो र उत्सुकताकाे बिषय हुने नै भयो । यहीँ बिचमा करिब एक हप्ता पहिले पार्टीका उपमहासचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज कमरेड गिरिराजमणि पाेख्रेलले तुरुन्तै तपाईंको पासपोर्टकाे फाेटाे र आइडी पठाउनुस चाइना भ्रमणको संभावना छ भन्नु भएकाे थियो ।

मैले उहाँले भने जस्तै तत्काल त्यसै गरे तर यति छिट्टै भ्रमणको तालिका आउला जस्तो लागेको थिएन । फेरि अहिलेसम्म पार्टीको तर्फबाट त्यस्तो अवसर नपाएकाले भरपुर विस्वास पनि लागेको थिएन । यहीँ बिचमा समाजवादी माेर्चाले गर्ने भनेको २०८१ चैत १५ गतेकाे काठमाडौंको जनप्रदर्शनकाे मिति पनि नजिकै आयो । त्यसमा सहभागी हुन काठमाडौं आइयाे । काठमाडौं आएको बेला प्रदर्शनकाे तेस्रो दिन पार्टीका बरिस्ठ उपाध्यक्ष कमरेड नारायण काजी श्रेष्ठलाई केही फरक सन्दर्भमा भेट्ने अवसर मिल्यो । साेही भेटको क्रममा उहाँले अप्रिल ८ तारिखमा तपाइँलाई चाइना जाने अफर आएको छ तयारी गर्नुहाेला । याे बिशेषत: स्कुलिङ बिभागकाे लागि राम्रो अवसर छ भन्नुभयो । अनि मलाई थाहा भयो कि म सुदुर पश्चिम प्रदेशको स्कुलिङ बिभाग प्रमुख भएकोले मलाई याे अवसर जुरेकाे रहेछ । अनि म उत्सुकता र काैतुहलताका साथ त्यसको तयारी र प्रतिक्षामा रहे । यसै बिचमा चैत २३ र २४ गते प्रगतिशील लेखक संघकाे १३औं राष्ट्रिय सम्मेलन पनि काठमाडौंमा नै हुने भएकोले त्यसमा सहभागी हुने अवसर पनि जुर्याे ।

याे मेरो पहिलो चीन भ्रमण हाे । वास्तवमा याे भ्रमण हाम्रो पार्टीको बिदेश बिभाग र चाइना कम्युनिस्ट पार्टीको बिदेश बिभागका बिच छलफल भएर तय गरिएको रहेछ । हाम्रो टिम लिडर पार्टीका केन्द्रीय सचिव तथा पुर्व शिक्षा मन्त्री कमरेड दिनानाथ शर्मालाई ताेकिएकाे रहेछ । भ्रमण टाेलीमा दिनानाथ शर्मा , ओम प्रकाश पुन, लेखनाथ न्युपाने, रामदिप आचार्य , लाेकन्द्र लम्साल खेमराज नेपाली, कृष्णराज केसी, दुर्गा बहादुर थारु, संगिता भट्टराई , उमाकान्त भुर्तेल, एबिन्द्र पराजुली , रामकृष्ण अधिकारी , दिपक केसी , नमाे नारायण माझी , सन्तोष पनेरु, जटिल कार्की , आशा उपरकाेटी, कुन्दन कुमार महताे, अनिकेत तिवारी , काेमल माया लामा लगाएत २० जना रहेछाै । पछि एरपाेर्टमा पत्रकार गणेश न्युपाने, महेन्द्र सुवेदी , मनुका कुँवर , दिलबहादुर खत्री, राेहन श्रेष्ठ लगाएत ५ जना साथीहरू जाेडिनु भयो ।


हामी चाइना जानू भन्दा पहिले अर्थात अप्रिल ६ मा हाम्रो भ्रमण टाेलीलाई बाेलाएर आफ्नै निवासमा कमरेड नारायण काजी श्रेष्ठले आवश्यक बिषयमा ब्रिफिङ सहित बिदेश बिभागकाे तर्फबाट बिदाइ गर्नुभयो । मेरा लागि याे चाइना भ्रमण पहिलो भएकोले र चाहनाकाे देश पनि भएकोले आर्थिक कठिनाईका वावजुत पनि जाने तयारीमा लागियाे । घरबाट बिना तयारीमा आएकाले केही मनकारी साथीहरू र नेतृत्वबाट सहयोग जुटाएर भ्रमणको तयारी पूरा गरियो । हामीलाई अन्तर्राष्ट्रिय एरपाेर्टमा बेलुकाकाे ८:३० मा पुग्ने र फ्लाइट काठमाडौंबाट गाेञ्जाओकाे लागि राति ११ बजे भनिएको थियोे । साेही बमोजिम हाम्रो टाेली अन्तर्राष्ट्रिय एरपाेर्टमा बेलुका ८ देखि ८:३० काे बिचमा जम्मा भयौं ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेश जानेको घुइँचो अरु दिनको भन्दा निकै थियोे । हामीलाई केहिबेर त उक्त भिड छिचाेल्न नै समस्या भयो । काेर्डिनेशन र व्यवस्थापनकाे समस्याका कारण विमानस्थलमा केही बेर अलमलकाे वातावरण पनि बन्यो । हाम्रो भ्रमण टाेली सरकारी जस्तो भएकोले केही सहजता त भयो तर अन्तर्राष्ट्रिय विमानस्थल जस्तो ठाउँमा पनि व्यवस्थापन पक्ष र कर्मचारीकाे लापरबाही देख्दा वाक दिक्क पनि लाग्यो । एरपाेर्टमा बेल्ट देखि जुत्ता सम्म खाेल्नु पर्ने नेपालको झनझटिलाे र जनतालाई सताउने खालको सुरक्षा व्यवस्थापनले पनि सबैलाई नकारात्मक बनाउदाे रहेछ र हामीलाई पनि त्यस्तै लाग्यो । हाम्रै टाेलिमा पनि काेही भिआइपी र काेही गैरभिआइपी जस्तो व्यवहार देखिएकाले साथीहरूमा केही खल्लो पन पनि महसुस भयो ।


हाम्रो उडान काठमाडौंबाट गाेञ्जावकाे लागि बेलुका ११ बजे र उडान अवधि साढे चार घण्टा भनिएता पनि चाइना साउथ वेस्टकाे जहाजले ठिक १२ बजे विमानस्थल छाेड्याे र बिहान ६:५५ बजे गाेञ्जाओ अन्तर्राष्ट्रिय एरपाेर्टमा ल्याण्ड गर्याे । हाम्रो काठमाडौं र त्यहाँको समयमा सवा दुई घण्टाकाे अन्तर पर्दाेरहेछ । चाइनाका प्राय सबै विमानहरु दुबै तिर ३/३ सिटका हुनेरहेछन् र चिनिया विमान कर्मचारीहरुकाे यात्रु प्रतिकाे व्यवहार निकै राम्रो र सभ्य हुनेरहेछ । विमानमा खाना, नास्ता, जुस, वाइन , पानी आदिको व्यवस्थापन हुदाेरहेछ । हामीले त्यस दिनको खाना बिमानमा नै खायौं । विमानमा चिसो भएमा ओड्ने व्यवस्था पनि हुने रहेछ । मैले त चिसो हुन्छ कि भनेर आफै ओढ्ने व्यवस्था गरेको थिए तर काम लागेन ।

हामी गाेञ्जाओ एरपाेर्टमा करिव ४ घण्टा राेकिनु पर्ने भयो । एरपाेर्टमा ट्वाइलेट र बाथरुमकाे राम्रो व्यवस्था हुदाे रहेछ । नुहाउन पनि मिल्ने सबै सुविधा हुदाेरहेछ । ठाउँ ठाउँमा ट्वाइलेट वाथरुम मान्छेको चित्र सहित संकेत गरिएकाे हुने रहेछन् र त्यहाँ चाैबिसै घण्टा सरसफाइ र सहयोग गर्ने मान्छे पनि खटाइएको हुनेरहेछ । उनीहरुको व्यवहार पनि निकै राम्रो लाग्यो । हामीलाई एरपाेर्टमा रिसिभ गर्ने कर्मचारीहरु खटाइएको रहेछ । उनीहरुले हामीलाई प्लेनकै ढाेकाबाट भिआइपी सम्मानका साथ रिसिभ र सहजिकरण गरे । एरपाेर्टमा यहाँको जस्तो झनझटीलाे जाँच पास नहुने रहेछ । धेरै देशको अन्तर्राष्ट्रिय ट्रान्जिट प्वाइन्ट भएता पनि यहाँको एरपाेर्टमा जस्तो बेल्ट जुत्ता पनि खाेल्नु नपर्ने र भिडभाड पनि एकदमै कम र व्यवस्थि गरिएको हुनेरहेछ । त्यहाँका कर्मचारीकाे व्यवहार पनि निकै राम्रो र सहयोगी हुनेरहेछ । एरपाेर्टबाट पासआउट हुँदा पाइलट र एरहा्स्टेजहरु पनि यात्रु जस्तै चेकिङमा पर्दाेरहेछन । हामी पनि सहजताका साथ एरपाेर्ट चेक सकेर आराम गर्ने ठाउमा पुग्याै ।

त्यतिबेला केही समय छ भनेर म बाथरुममा पुगेर नुहाउन थाल्दा यता हाम्रो टिम अर्काे स्थानमा सरुवा भएछ । म बाहिर आउदा कसैलाई नदेखेपछि एकछिन त आत्तिएर के गराै कता जाउ जस्तो भयो । केही बेरपछि त्यहाँकाे सुरक्षाकर्मीलाई र कर्मचारीलाई म नेपालबाट आएको डेलिगेट हाे । मेरा साथीहरू छुटे भनेपछि सहजै बाटो देखाइ दिए र मैले टिम भटे । हाम्रो लागि नयाँ ठाउँ र भाषाको पनि समस्या पर्ने भएकोले हामी त्यहाँ धेरै घुमफिर गरेनाै । सामान्य चिया कफि काहेक केही खाएनाै । गाेञ्जाओ एरपाेर्ट हाम्रो नेपालको अन्तरास्ट्रिय एर्पाेर्ट भन्दा दशाै गुना ठुलाे, सफा र गुणस्तरीय पनि रहेछ । एरपाेर्ट भित्रै बजारको व्यवस्था रहेछ ।

हाम्राे गाेञ्जाओबाट छाेङछिङ जाने टिकट दस बजे भनिएतापनि हामी त्यहाँको समयको दिनको ११ बजेमा डिपास्चर भयौं । गाेञ्जाओ देखि छाेङछिङ पुग्दा आकाशबाट देखिने साना ठुला शहर र नेपाली जनजीवन जस्तै लाग्ने ग्रामीण इलाका देख्दा साह्रै रमाइलो लाग्यो । पुल देखि सुरुङ्ग मार्ग , शहर र सडकका हरेक ठाउँमा फलफुल , बाेटबिरुवा र मसिना घाँसहरुकाे संरक्षण र संवर्धान गरेको देख्दा साँच्चिकै चीनिया जनता पर्यावरण प्रति निकै सचेत रहेछन् भन्ने लाग्यो । महिला र पुरुष पनि सभ्य र सिष्ट पाेशाक सहित प्रस्तुत भएको देख्दा साह्रै खुसि लाग्यो । एरपाेर्ट देखि सामान्य हाेटेल र कार्यालयका कर्मचारीहरुकाे उच्च सिस्टाचार, अनुशासन र सहयोगी भावना देखियो । हामी गाेञ्जाओ देखि छाेङछिङ सवा दुई घण्टाकाे यात्रा पछि दिउसाेकाे करिब २ बजे पुग्यौं । त्यहाँ सिपिसिका केही बिशिस्ट कमरेडहरु सहित नेपाली दाेभासे भाग्यशाली सहित प्लेकार्ड लिएर आएका थिए र स्वागत सहित रिसिभ गरेका थिए । त्यहाँको स्वागत गर्ने शैली पनि निकै सरल रहेछ । यहाँको जस्तो खादा, माला र टिकाकाे झन्झट नरहेछ । उनीहरुको भनाइमा याे पनि महासचिव सी काे आठ नियम भित्रकै निर्देशन रहेछ । स्वागत तथा फाेटाे शेसन पछि हामी छाेङछिङ पार्टी स्कुलको गेष्ट हाउस तर्फ लाग्यौं । त्यहाँ जानकाे लागि हाम्रो टिम लिडर कमरेड दिनानाथकाे लागि अलग्गै भिआइपी गाडी र हाम्रो लागि ठुलो भिआइपी गाडीको व्यवस्था गरिएको रहेछ । हामी गाडिमा बस्नु भन्दा पहिला गाडिका हरेक सिटमा नास्ता , डायरी, कलम, आइडिकार्ड र झाेला सहित राखिएको थियोे र सबैलाई त्यो लिन अनुरोध गरिएको थियोे ।


त्यो व्यवस्थापनले हामीलाई सुरुमै प्रभावित पार्याे । छाेङछिङ एरपाेर्ट पनि अन्तर्राष्ट्रिय रहेछ र त्यहाँबाट हामीलाई सिधै छाेङछिङ पार्टी स्कुलमा लगियो र त्यहाँको एकेडेमी व्लककाे दाेस्राे तला रेष्टुरेन्टमा लन्चकाे व्यवस्था गरियो । हामी गाडीमा बसिसकेपछि त्यहाँका कमरेडहरुले चाइनिज र अङ्ग्रेजी भाषामा त्यहाँको बस्तु स्थिति , कार्यक्रमको दैनिक कार्यतालिका , दुई पक्षीय छलफल, अन्तरक्रियाका बिषय वस्तु , भ्रमण स्थल लगाएतकाे बारेमा ब्रिफिङ गरेका थिए । छाेङछिङ चीनका चार ठुला शहर मध्ये एक रहेछ र यसलाई सिधै केन्द्रीय सरकारले हेर्ने रहेछ । यहाँ सन 1918 मा हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड र चीनिया कम्युनिस्ट पार्टीका महासचिव सिजिङपिङ बिच भेटवार्ता भएको रहेछ । त्यहाँ छाेङछिङमा पार्टी द्वारा सञ्चालित स्थायी पार्टी स्कुलमा चार तारे स्तरको हाेटेल नै चलाइएको रहेछ र हामीलाई त्यहाँ अलगअलग सुविधा सम्पन्न काेठामा राखियो । काेठामा सबै खाले सुविधा उपलब्ध थिए । हाम्रो नेपाली जीवन स्तरबाट गएकाकाे लागि त्यो निकै उच्चस्तरको व्यवस्थापन थियो । हामीलाई पहिले अङ्ग्रेजी भाषा र औपचारिक ड्रेसमा कार्यक्रममा उपस्थित हुने भनिएको थियोे तर पछि त्यस दिन यात्राबाट भरखरै आएकाले जस्तो पाेशाकमा आएको छ

त्यस्तैमा जाने सुविधा मिल्यो र हामीले त्यसै गर्याै । हामी लन्च गरेपछि त्यहाँका सिपिसिका कमरेडहरुले तय गरेको समय तालिका अनुसार नै बस चढेर पहिलाे कार्यक्रम अनुसार छाेङछिङ अन्तर्राष्ट्रिय लजिस्टिक्स हब पार्ककाे भ्रमणमा गयाै । यसको कुल भुमिकाे क्षेत्रफल करिब २.७ हेक्टर र कुल भवनको क्षेत्र ८६२० बर्ग मिटर रहेछ । त्यस मध्ये मुल प्रदर्शनी क्षेत्र २१०० वर्ग मिटर रहेछ । खासमा यसले छाेङछिङ शहर भुपरिवेष्ठित भएता पनि यसले खुला बिकासकाे नमुना रुपान्तरण कसरी गर्छ र अन्तर्राष्ट्रिय कनेक्भिटि तथा शहरको लाभान्वित हब प्रभावकारी बिकास कसरी गरेको छ र गर्छ भन्ने नमुना प्रदर्शन गरेको रहेछ । छाेङछिङ चीनको चार शहर मध्येको ठुलाे मात्रै नभएर संसारमा सबैभन्दा बढी जनसंख्या भएको शहर पनि पर्दाे रहेछ । यसले सिधै रेल, प्लेन र पानी जहाज मार्फत अन्तर्राष्ट्रिय व्यापार गर्ने रहेछ । याे शहर टेक्नोलोजी उद्योगमा आधारित रहेछ । याे शहर ऐतिहासिक रुपले शान्सीमा जापानले आक्रमण गरेपछि चाउएन लाइकाे नेतृत्वमा दक्षिणी चिन पार्टी व्युराेकाे केन्द्रीकरण गरेको ठाउँ पनि रहेछ ।


यस पछि हामी चाइना युनाइटेड इन्टरनेशनल रेल कन्टेनर्स कम्पनी छाेङछिङ सेन्ट्रल स्टेसन गयौं । छाेङछिङ सेन्ट्रल स्टेशनले ६०.०७ हेक्टर क्षेत्रफल ओगटे याेजना बनाएको रहेछ र हाल त्यसमध्ये ५४ कराेड युआनकाे लगानीमा ३६ हेक्टर क्षेत्रफल सञ्चालनमा ल्याएको रहेछ । हाल सेन्ट्रल स्टेसनमा ८०० मिटर लामा ४ वटा माल ढुवानी लाइनहरु रहेछन् । यहाँ ८ वटा ४० टन क्षमताका ग्यान्ट्री क्रेन र ४ वटा कन्टेनर फ्रन्ट लिफ्ट क्रेन रहेछन् जसकाे बार्षिक क्षमता ८५०,००० टन पुग्दाे रहेछ । याे छाेङछिङ सेन्ट्रल स्टेसन रेलवे बहुआयामिक यातायात प्रणाली र आधुनिक लजिस्टिक्स बिकासकाे लागि एक महत्त्वपूर्ण बिकासकाे आधार रहेछ । यसका निम्न फाइदाहरु रहेछन् ।
क) अग्रगामी डिजाइन अवधारणा
ख) बिशाल साइड क्षेत्र
ग) उत्कृष्ट रेल लाइन सुविधा
घ) अग्रणी लाेडिङ र अनलाेडिङ उपकरण
ङ) उत्तम सुचना प्रविधि प्रणाली
च) समर्थन कार्य र नितिकाे समर्थन आदि । यसकाे साथै यसले यातायात सेवाहरु, टर्मिनल सञ्चालन , अफलाइन लजिस्टिक्स र समग्र लजिस्टिक्स सहित मुख्य व्यवसायहरु प्रदान गर्दाे रहेछ । यसको समग्र परिचय र ब्याख्या पछि हामीलाई त्यहाँ करिब ५-१० मिनेटको सम्पुर्ण बिकास अबधारणा दृश्यावलाेकाेन गर्ने फिल्म देखाइयो । यसले चीनले गरेको अदभूत साइन्स एण्ड टेक्नोलोजीकाे नमुना प्रस्तुत गर्दथ्याे ।

यसको अध्ययन भ्रमण पछि हामीलाई नानशान स्ट्रिट दक्षिण पहाडको सड जान बस चढाइयाे । केही बेरकाे जंगल र पहाडी बाटो हिडेपछि हामी लाेक्वाट गार्डन शिवेइक्सियान हटपट पुग्याै । त्यहाँ पहाडकाे भित्तामा ढुङ्गाकाे आकृति भएका धेरै झिलिमिली रेष्टुरेन्टहरु रहेछन् । त्यहाँ बेलुकी पख आन्तरिक र बाहिय पर्यटकहरुकाे घुइँचो लाग्दाे रहेछ । त्यहाँ हरेक टेवुलमा चिनियाँ माेडेलका भेज तथा ननभेज खानाहरु थिए । हामीले अनुभव हिनताका वावजुत पनि सबै प्रकारका खानाको स्वाद लियाै । खाना निकै सन्तुलित र स्वस्थ थियाे । यहाँकाे रमाइलो दृश्यावलाेकन र खानपिन पछि हामी याङ्सी नदीको किनारमा भएको एउटा भ्युटावरमा आयाै ।


त्यहाबाट याङ्सी नदी, केवलकार, शहरको रमझम र अन्य दृश्य हेर्न पाइदाे रहेछ । त्यहाँ एउटा भ्यु टावर भएको थुम्काेमा अलि ठुलो काप्राेकाे रुख रहेछ त्यसलाई त्यहाँको कठिन वातावरणमा हुर्किएकाे ह्वाङ्गाे रुख भन्दा रहेछन् । छाेङछिङका जनताले समृद्ध र जीवनका लागि जसरी संघर्ष गरे यस रुखले पनि त्यस्तै खाले संघर्ष गरेर आफुलाई उभ्याएकाेले चीनीयाहरुले यस लाई संघर्ष र आस्थाको प्रतिक मान्दा रहेछन् । याे छाेङछिङ शहरलाई पानी , खाना, पर्यावरण, मनाेरञ्न र ढुवानी लगाएत समग्र सेवा प्रदान गरेकोले याङ्सी नदीलाई यहाँका जनताले आमा भन्दा रहेछन् । हामीले पनि इतिहासमा याङ्सी नदी माओ र लाल सेनाले कैयौंपटक तरेकाे , कैयौं कमरेडहरु बगेको र माओले यसमा पाैडि खेलेको आदि पढेको हुनाले यसलाई देख्न पाउँदा निकै गर्वकाे अनुभुती भयो । याङ्सी नदीको नामै सुन्दा पनि हामीलाई निकै आनन्द महसुस भयो । बेलुकाकाे यस रमाइलो घुमघाम सकेर हामी पुनः छाेङछिङ पार्टी स्कुलकाे एकेडेमी गेष्ट हाउसमा फर्कियाै र भाेलीकाे कार्यक्रमको लागि मानसिक रुपले तयारी गर्याै ।
क्रमश ……

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search