Yug Post

बुवालाई निर्माता पुर्वक हत्या गरिरहेको त्यो दु:खद क्षण

Advertisement

जैविक हिसाबले जिवहरु सबैको मृत्यु निश्चित छ । मानिसको पनि मृत्यु निश्चित नै छ त्यसमा सिमित मानिसको मृत्यु इतिहासमा लेखिन्छ । अन्याय र अत्याचारका विरुद्ध देश र जनताको निम्ति प्राण त्याग गर्छ । त्यसको मात्र इतिहासमा रातो अंक्षरले लेखिन्छ ।त्यहीँ मध्ये एक मेरो बुवा हो। जसको महान १० वर्षीय जनयुद्धमा सहिद हुनु भएको थियो । उहाँलाई निर्माता पुर्वक हत्या गर्दाको म प्रत्यक्षदर्शी हुँ ।आदरणीय वुवा गजलको सम्झनामा लेख्दै छु ।

वुवाले आफ्नै जन्मभुमि पाछाबाङको स्कुलमा शिक्षण गर्नु हुन्थ्यो । वुवाको स्वभाव बिद्रोही अन्याय अत्याचार को विरुद्ध लड्ने गर्ने भएर होला वुवालाई ठिक पार्न गाउँका फटाहहरुले तिनतिन पटक जेल , हिरासत पठाएर कठोर यातना दिए ।

तर पनि आफ्नो संघर्ष मार्फत जनता सजग गराउने कार्यबाट बिचलित हुनुभएन।बरु उल्टै सक्रिय हुनुभयो ।भितभित्रै माओवादी जनयुद्धको तयारीमा लाग्नु भयो ।जसले गर्दा एकातिर गाउँका फटाहले बुबाको बारेमा पुलिस प्रशासनमा सुराकी बढाउदै लगे भने तत्कालीन नेकपा (माओवादी)ले जिम्मेवारी थप्दै गयो। बुवाले कि त जागीर छोड्ने कि पार्टीको काम छोड्ने स्थिति सिर्जना भयो। बुवाले जागीर छोडेर पार्टीमा पुर्णकालीन हुने निर्णय लिनु भयो ।
रोल्पामा पार्टी निर्माणका निम्ति ठुलो योगदान गर्नुपर्ने भयो। प्युठान जिल्लामा गएर लामो समय काम गरेपछि त्यहाँको पार्टीले बुवाको मर्मलाई बुझेर परिवार भेट्न भनेर १० दिनको घर विदा दिएकाले घर आउनु भएको थियो ।
त्यस बेला हामी वालक नै थियौ। हामीलाई के थाहा हुन्थ्यो र हामी त बुबा आउने धन कमाएर पो बाउनु भयो कि भन्ने सोच्यौ। र बुवालाई विस्कुट माग्यौ। बुबा पनि एक शब्द नवोलेर अत्यन्त प्रेमपूर्वक मुसुक्क हाँसोर झोलाबाट विस्कुट झिकेर दिनुभयो। हामी तीन भाई बहिना अत्यन्तै खुशी भयौँ।। त्यो दिन त्यति कैमा बित्यो। हामी तीन भाई बहिना स्कुल पढ्थ्यौँ।
दाईले कक्षा ४ मा मैले कक्षा ३ मा पढ्थ्यौँ। बहिनी सानो थियो ।

भोलीपल्ट विहानै स्कुलको पोसाक पहिरेर हामी २ भाई स्कुल जान सतियौँ त्यसवेला आमाले मलिन अनुहारमा स्वरमा हामीलाई भन्नु भयोको थियो ´ बाबु तिमीहरुले बुबाको बारेमा केही पनि नभन्नु कसैले सोध्न सक्छन् ।` ´आउनु भएको छैन भन्नु है` ।तर मलाई आश्चार्य लाग्यो। आमाले अरु दिनुमा हाँसेर स्कूल पठाउनु हुन्थ्यो तर त्यस दिन भने आमाको त्यो भाव सजिलै बुझिन्थ्यो। सायद आमाको मलमा नराम्रा कुराहरु खेलिरहेका थिए होला।

त्यतिकैमा हामी स्कुलतिर लाग्यौँ। बुवा घरमा भएको र बुबाको बारेमा कसैलाई नभन्नु आमाले भनेको कुराले मलाई स्कुलमा ध्यान विकेन्दृत गरिरहयो र कतिबेला छुट्टी होला भनेर आत्तिएको थिए। त्यहीँ सोच्दा सोच्दै छुट्टी भयो र हामी घर पुग्यौँ।
साझ परिसकेको थियो हाम्रो पारिवारिक कुराकानी भैरहेका थिए ।दुश्मनले कपडा वेच्ने नाउँमा रातको १० बजेतिर प्रतिक्रियावादी राज्यका पाल्तु व्बांसाहरु एक्कासी ढोका का घच्घच्याउदै पानी प्यास लाग्यो ढोका खोलीदिनोस् भन्न आएका थिए। त्यतिवेला नै हामीहरुमा त्रास पौदा भैसकेको थियो आमासहित हामीतिन आमा छोरा ढोका तर्फ लाग्यौ। आमा ढोका उघार्न मात्र के लाग्नु भएको थियो बाहिरबाट सानो स्वरमा हतियार हतियार एलट्माराख भनेको सानो आवाज अचानक मैले सुने। अनि मैले आमालाई खाम भाषामा भने उक्त कुरा आमालाई भने त्यसपछि आमाले ढोका उघार्नु भएन। हामी फेरी आफ्‌नो आछ्यानमा फर्कियो। ओछ्यानमा बसेर ती राक्षसीहरुको गतिविधि बुझिरह्यौं। त्यक्तिकैमा ढोकामा ति राक्षसीहरुका बडेमानका वुटहरु बर्जिन थाले।

डरलाग्दो गरी कराउँदै ढोका उघार उघार भनेको आवाज आयो । हामी भने चुप लागेर बस्नुको कुनै विकल्प नै मिएन । त्यसपछि ढोकालाई बन्चरोले थाले एक छिनमा ढोका खुलेको आवाज आयो । उनीहरु खसाखस हतियार ताकेर भित्र पसे ।

हामी डरले काम्न थाल्यौ र एउटा अत्यन्त ठुलो डरलाग्दो कालोकालो मान्छे हाम्रो सामुन्ने आईपुग्यो। अनि उसले आमलाई सोध्न थाल्यो, तरो श्रीमान खै तर आमाले एक शब्द पनि नवोली बस्नु भयो किनकी त्यस रातमा हाम्रो बुवा १२:३० बजेसम्म त्यही हुनु‌हुन्थ्यो । १२ :४५ मा बुवा त्याहाँवाट निस्कनु भएको थियो। त्यसैले पनि हामी सबैलाई अप्ठ्‌यारो भैरहेको थियो।

फेरी जोडले कराएर भन्यो तेरो श्रीमान खै ? कहाँ छ त्यो कहाँ लुकाएको छस भन भन्यो। आमाले यहाँ छैन मात्र भन्नु भएको थियो । मलाई भने शंका लाग्यो । तिनीहरुले पक्का बुवालाई देखेर आएका होलान । नलुकाएर सत्य भनिदिए पनि त हुन्थ्यो भन्ने लागेको थियो मलाई। किनकी पछि हामिलाई समस्या पार्छ कि भन्ने लागेको थियो। निरन्तर ती राक्षसीहरुले धेरै नै सोधे। तर पनि आमा ति दुश्मनका अगाडि नहड्वडाईकन प्रस्तुत हुनुभएको थियो। उहाँ दुश्मनको धम्कीले गल्नु भएन। त्यत्ति नै वेला एउटा हाती जस्तो मान्छे हेर्दा खेरी पनि अत्यन्त डरलाग्दो व्यक्ति हामीले सोचेको भन्दा अंत्यन्त नरम स्वरमा आमालाई भन्यो, तपाईको श्रीमान यहाँ आउनु हुदोरहेन्छ । यदि उहाँ आउनु भयो भने अव घरै वस्ने रे प्रहरीले खोजतलास गर्दैन रे भनेर सम्झाउनु। यदी मान्नु हुदैन भने म उहांलाई राम्रोसग चिन्छु म आफै आएर सम्झाउला भनेर उनीहरु त्यहाँवाट गएका थिए।

त्यतिवेला हामी चिन्ताले डर र त्रासले फेरी पनि आउछन् कि भनेर शसंकित हुदै बसीरजेका थियौँ । मलाई याद छ त्यत्तिकैमा मलाई बाहिर जान मन लागीरहेको थियो। डर पनि त्यत्ति मात्रामा लागिरहेको थियो। तर पनि जति में भममा परिरहेको बिए का बर्यटक मेरो तहत औरते सबै हटेर गयो। म बाहिर जाना का सत्याप त पूरै ढोका फुटेको थियो यो । त्यहा हेर्न नसकिने भएको थियो ति राक्षसीहरूको कुकार्य। मलाई यस्तो लाग्यो कि उसले घरलाई समेत ध्वस्त पार्यो । बुवा भैदिएको भए सायद नराम्रो हुने थियो।त्यस्तै त्यस्तै कल्पनाको सागरमा पौडिन थाले म । त्यो दिन त्यो पल र त्यो क्षण झसंग ब्युझिए झै भए भए यता उता हेरे म त घरमा आईपुगेको रहेछु। त्यो दिन पनि त्यत्तिकै वित्यो ।

२०५५ असोज २० गते दिन बुवाको निश्चित ठाउमा जाने सम्पर्क रहेछ। अनि मैले दाईलाई हत्तपत्त उठाए। दाजु भाई आमा र बुवाको छेउमा गएर बस्यौँ। बुबाले हामीलाई वाहिर वसि राख्नु कोही मान्छे आयो भने मलाई खवर गर्न आउनु भन्नुभयो। हामी दुई दाजु भाई बुबाले भनेका कुराहरुलाई इन्कार नगरेर हामी बाहिर वस्न गयौं। आधा घण्टा वित्दा अबित्दै नास्ता खान बोलाउनु भयो। अनि हामी २ भाई खुसीका साथ भित्र गयौँ र आमाले दिएको नास्ता खानतिर लाग्यौ। नास्ता पछि बुवाले हामीलाई सुन्तला टिप्न भनी बाहिर पठाउनु भयो । हामीले सुन्तला टिपेर ल्यायौ। त्यत्तिकैमा वाहिर धेरै मान्छेहरुले आएको आवाज आयो। आमा र म तत्कालै बाहिर निसकियौँ। त्याहाँ राक्षसीहरुको ठुला हुल रहेछ हामी आमा छोरा तुरुन्तै घर भित्रै पस्यौं। फर्किन साथ बुवाले सोध्नु भयो वाहिर को आएका रहेछन् ? तर त्यसको वास्तविक कुरा आमाले बुवालाई भन्नै सक्नु भएन। मैले भन्न लागेको थिए दुश्मन भित्रै आएको आवाज आईपुग्यो। बुवा र दुश्मनको एक्कासी नजर जुध्न पुग्यो । त्यतिबेला नै बुवाले बोल्नु भएको थियो आमालाई´ नअत्तिनु बरु छोराहरुलाई राम्रोसँग हेरचाह गर्नु र पढाई लेखाई गर्नु ` भन्दै हात मिलाउनु भयो यो नै बुवाको अन्तिम बोली बन्न पुग्यो ।

त्यतीकैमा दुश्मनहरु बुवालाई झम्टन खोजे बुबाले हाम फाल्नु भयो। दुश्मनले फायर गर्न थाल्यो । उनीहरु ढोका ढोकामा राईफल सोझ्‌याएर बसेका थिए पहिले नै। भाग्यो भन्दै हल्ला गर्दै दौडिरहेका थिए। म जुरुक्क उठेर बाहिर निस्कन खोजे। त्यति बेलासम्म बुवालाई के भएको होला गोली लाग्यो कि भाग्न सफल हुनुभयो भन्ने वारेमा म अन्जान नै थिए। म जान्न चाहन्थे, तर अचानक त्यो डरलाग्दा हतियार धारीले मलाई समात्न पुग्छ र मलाई ठूलो स्वरमा आदेश दिन्छ त बस । ´यदि फेरी पनि त्यहाँवाट उठ्ने शाहस गर्छस् भने त फुच्चेलाई गोलीले फालीदिन्छु । `त्यो भनिसकेपछि म चुप लागेर बस्नुको विकल्प रहेन किनकी राक्षसहरुको अन्तिम बोली पनि हुनसक्थ्यो त्यो। त्यसैले म त्यहांबाट उठिन पनि। यदि म त्यहाँवाट उठे भने उसले जे पनि गर्न सक्छन् भन्ने सोचे मैले। तर मेरो मनले मानिरहेको थिएन। किनकी दुश्मनको त्यो वहाना थियो ।

भाग्यो भाग्यो भन्दै थिए मलाई धरै भावनाले छोएको । थियो ।मेरो मुटुमा संगिनले घोचेको अनु‌भूति भईरहेको थियो मलाई । म सत्य बुझ्न चाहन्थे तर उनीहरुले मलाई प्रतिवन्ध लगाएका थिए। एकातिर भय र त्रास जागेको थियो भने अर्कोतिर भावनाका छालहरु उर्लेर आएको थियो । म कति बेला बेहोश भएछु।

पछि होसमा आए र उताउता हेरे चारैतिर दुश्मनहरु कति वेला गैसकेका रहेछन्। हामी आगनमा गयौँं त्यहाँ बुवाले हामफालेको पैतालाको २ वटा छाप थियो । त्यसलाई केही झारपातले छोपेको थियो । छोपेको ठाउमा म नजिकै गए। मैले हातले कोट्याएर मेरो हात रक्ताम्य भयो।
म फेरि बेहोस भए छु मलाई दाईले उठाउँनु भयो आमालाई पनि खबर गयौं मलाई बुवाको लास पनि यही हुन सक्छ सायद कोठा भित्र नै हुनुपर्दछ भन्ने सोचेका थियौँ।। त्यहाँ पुरै जताततै रगत नै रगत थियो रगत फाल्साहरु थिए भित्ताहरुका केही चोक्टाहरु पनि देखिन्थे ।
हामीले अझ पनि बुवाको लास त्यहाँ देख्न सकिएन। लास कस्तो कस्तो अवस्थामा र कहाँ थियो भन्ने कुरा केही थाहा पाउन सकेका थिएनौँ। हामी बुबाको लासको खोजीमा भौतारिन थाल्यौ । किन भने वुवाको हत्या भएको निश्चित भएको थियो । सोच्दा सोच्दै हामी बुवाको लाश गाडेको ठाउमा हामी दुई भाई पुग्यौँ। बुवाको हत्या सामान्य ढंगले भएको थिएन। अत्यन्तै निर्मम र विभत्स तरिकाबाट हत्या गरिएको थियो।

त्यसको लगतै एरिया पार्टीको आयोजनामा बुवा (क.गजल) को सम्झनामा शोकसभा कार्यक्रमको आयोजना गरिएको थियो । त्यसमा कार्यक्रममा हामीलाई बोलाइयो । हामी सबैले शहीद परिवारको तर्फबाट प्रतिवद्धता जाहेर गर्यो । हामीले बुवाले देखाएको बाटोबाट कहिल्यै विचलित नहुने र उहाँले देखाएको बाटोमा सधै हिडिरहने संकल्प गरेका थियौँ। सायद हामीलाई आन्दोलन प्रति प्रतिबद्ध रहन यो कार्यक्रमले थप उर्जाशक्ति दिलायो।

मेरो बुबा नरहेतापनि उहाँको सहयोद्धाहरु देख्दा र सहिद दिवस आउँदा झनै बढी बुबाको याद आउछ । हामी दुई भाई बुवा लगाएतका हजारौं शाहीदको सपना पुरा गर्ने योजनामा २०५८ सालदेखि जनमुक्ति सेनामा गएर कयौं लडाइँमा सहभागी भयौँ। दाई अहिले वडा अध्यक्ष भएर जनताको सेवा गरिरहनु भएको छ।लेखक : शहीद गजलको कान्छो छोरा संगित हुन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search