म तयारी गर्दैछु
एक युद्धको तयारी
जुन युद्ध यति फराकिलो हुनेछ
कुनै हातहतियार,बम,बन्दुक बिनाको युद्ध
म युद्ध मैदानमा
हुमिएको बेला दुनियाँ चकित पर्नेछ
मैले गर्ने युद्धको उदेश्य भनेको
मैले म पनि भन्न सकूँ स्वतन्त्रताको साथ
मानव हुँ भनेर !
म यस्तो युद्ध लड्ने तयारी गरिरहेछु
जुन युद्धमा हतियारको रुपमा
मेरो कलम बन्दुक हुनेछ
पड्किने बन्दुकको गोली भनेको
शब्दको प्रहार हुनेछ
मलाई युद्ध जित्नको लागि सहयोग गर्ने
भित्राभित्रै भूमिका खेल्ने छ
मेरो आफ्नै सोचाइले !
युद्धको तयारी गर्दैछु म
जुन युद्धले कसैको अन्त्य गर्न र
विनाश गर्न हुनेछैन ।
बरु उक्त युद्धले
एउटा महत्त्वपूर्ण पाठ सिकाउने छ ।
युद्ध सबैको हितको लागि लड्नुपर्छ
युद्ध भयभीत पार्नको लागि लडिनु हुदैन
युद्ध संसार जोगाउन लड्नुपर्छ
युद्ध संसार ध्वस्त पार्नको लागि लडिदैनु हुदैन ।
-विक्रम तिरुवा सलिन
जुम्ला


