Yug Post

 समाजिक संकटसंगै निराशा र पलायन पनि  किन बढ्दैछ  ? 

Advertisement
 खुशी र सुख जस्तै आशा र निराशा पनि रात र दिन जस्ता हुन ।  आशा जीवन हो, निराशा मृत्यु । जीवनका अनुभूति हुन । कसैको पनि संसारमा अगस्ति चाहना कहिल्यै पुरा भएको छैन । चाहनाले जीवन सक्रिय त बनाँउछ तर अगस्ति चाहना भने उग्रबासना हो ।  मानव सभ्यता विकासको इतिहासको शिक्षा भनेको धन, यौन र शक्तिका भोक कसैको  पनि पुरा भएन । तिर्खाइको  तीब्र खोजीमा भडकेको प्यासा निराशाबाट मुक्तिका उपाय खोज्न भौँतारिदा इहलीला समाप्त गरिरहेको   हुन्छ ।
 इतिहासदेखि वर्तमानसम्म युद्धका कथा नियालौँ, प्यासाका  जीवनी नियालौँ त ।  धन, यौन र शक्तिका तीब्र भोकाले यो संसारलाई चिहानघारी बनाए । तर ति प्यासाले अरुलाई मोहित गरे तर उनकै प्यास भने मेछिएन । हामी आशा र निराशाका चर्चा गर्न थाल्दा, खुशी र सुखका कुरा गर्दा आखिर मान्छेका आन्तरिक चालक शक्ति के हो ? भन्ने अध्ययन आवश्यक हुन्छ । तब सामाजिक र मानविय दायित्व अर्थहीन बन्दैगए ।   त्यसका असर यत्रतत्र देखिँदैछन्  । समाजशास्त्री कति चिन्तत छन !  सरोकार राख्छन् ! यस संक्षिप्त लेखमा व्याख्या हुन सक्दैन । जागरुक नागरिक र भीडमा फरक हुन्छ । अहिले समाजविज्ञान सामु  भीडलाई कसरी नागरिकमा फेर्ने भन्ने प्रश्न जटिल बन्दै गएको छ । शक्तिले  आर्दश जोगाउन नसक्दा आवेगी भीड अहिले राजनीतिको केन्द्रिय भूमिकामा पुग्दै समाजको भाग्य र भविष्यको नेतृत्व गर्दैछ ।
 खुशी बेचेर सुख किन्न खोज्दा निजी जीवन तड्पिदै रित्याएका अनेकौ नजिर छन । १ सय ५० वर्ष बाच्न चाहने कालाबाट सेतो छाला फेरेका विश्वका चर्चितकिगं अफ पप भनिने  माइकल ज्याक्सनले  परिक्षित खाना खान्थे ।  आवस्यकतामा प्रयोग गर्न  सबै खाले मानवअंगको व्यबस्था गरेका थिए । १२ डाक्टर सेवारत थिए । तर ५० वर्षकै उमेरमै देहान्त भयो । सुनको ताबुतमा गाडिएका ज्याक्सनको लास चोरी होला भन्नेमा पारिवारिक चिन्ता छ ।
निराशाका मानक नियालौँः पूस्तक पसल खुम्चिए, औषधी पसलभन्दा मदिरालय धेरै खुले । हरेक महिनाको अन्ततिर मदिराको विक्री धेरै हुन्छ । पहिलो हप्ता लिलामीका सूचनाले मिडिया भरिन्छन ।  आत्महत्याको समाचार धेरै देखिन्छ । एउटा मात्र छोरो विदेश जाओस् भनेर बुढीआमा भाकल गर्छिन । एयरपोर्टमा विदेसिने युवा श्रमिकको अवस्था, सीमानामा कालापहाड लाग्ने भीड, शैक्षिक अनुमति र उनीहरुले लैजाने विदेशी मुद्राको राष्ट्रबैकको तथ्यांक नियाल्छु । देशको नागरिकता त्याग्ने र यहाँका घरजग्गा बेचेर युरोप, अमेरिकामा घरजाम गर्नेको सख्या नियाल्छु । सहकारी पीडितको दर्दनाक कथा राजमार्ग भएर राजधानी पुग्छ । दामलीहरु  भने न्यायिक उन्मुक्ति र अपराधीहरु राजनीतिको शिर्षास्थानमा पुग्छन । रक्षकहरुको सिण्डिकेट बन्छ । अपराधका ड्राइकिल्नर्स सत्ता र न्यायालय बन्छन ।  घुषबेगर कुनै काम हुँदैन भन्ने विश्वस्त जनमत बढ्दो छ । तिसबैलाई सलाम बजार्ने कार्यकर्ता, किनिने र बेचिने राजनीति उध्यम बन्दो छ । बन्द भईरहेका  सटरहरुले देशको अर्थव्यवस्था चिच्याहट गरिरहका छन ।  ति सबै चित्र र चरित्रलाई एउटै बास्केटमा हालेपछि  अहिले देशको  तस्विर बन्छ । सामाजिक नक्सा  बन्छन्
                                                                                                                                                                 बस्ने मन छैन, जाँने ठाँउ छैन भन्ने उपायहीन भएपछि निराशा र पलायनको  समाजिक संकट र पलायनका मनोभाव सुरु हुन्छन  ।  निराशाको मानक   बन्छ   ।  समाजले आफ्नो नियति र पहिचान भ्रष्टाचारलाई पौरखको सौन्दर्यता बनाएपछि म को हुँँ ? भन्ने प्रश्नले हैसियतको खोजीमा व्यक्ति छटपटाँउछ । तब संवाभनाको झिल्को नदेखेपछि  मान्छेमा मानवतावादको साटो व्यक्तिबाद  तर्फ धकेलिन्छ ।  भ्रष्टाचारले आफु अनुकुल संस्कार  बनाएर मौन संवेदनहीन, आक्रोशबिनाको घृणारहित समाज बनाँउदै लैजान्छ ।   भ्रष्टतम वा अलोकप्रियताको प्रतिकृयामा शक्ति आर्जन गर्ने खेल देखिएर सत्ताधारीहरू आफ्ना भ्रष्टतामा  सरिक गराँउदै जनतालाई भीडमा फेर्दै छन । निरास बनाउदै आफू सुरक्षित हुँने खेल खेलिँदैछ  ।  लोकप्रिय राजनीतिलाई  प्रतिकृयामा हाकिँने जनमत चिठ्ठा पर्छ । प्रतिकृयाको अस्थिर मुद्दाहरू उरालिन्छन् । ति अति चञ्चल भएकाले  तत्कालीन असन्तुष्टिलाई प्रयोग त गर्छन तर उनीहरुसंग न विगतको इतिहास हुन्छ,  न भविष्यको मार्गचित्र ।
  निरासाका कारण   
 संकट र निराशा छाउनु भनेको त्यो समाज र समयका युवामा जोस, जाँगर, उर्जा सकिएर उदास बन्नु हो । बजारसंस्कृतिले चरम उपभोक्तावादको आक्रमणको सिकार बन्न पुग्नु हो  । तव आर्दश, स्वभिमानका विषय र अर्थ फेरिँदै जान्छन । अपेक्षाको पर्वत चुलिँदैजाँदा निजी प्रगतिका लागी  जे पनि गर्नु हुन्छ भन्ने भाष्य बन्छ ।
निराशाको शत्रु, आश र भरोसा भनेकै नित्य नयाँ सोच्ने, र नयाँकालागी जोखिम उठाँउदै भूमिकामा उत्रिने  जागृत युवा समूहनै हो ।   नीतिहरुको मुलनीति राजनीति हो । संसारमै ंजे, जस्तो अस्तव्यस्तता छन, वेरोजगारी छ, धनी र गरिव बीचमा खाडल झन ठूलो हुँदैछ, युद्दले विश्वयुद्दको रुप लिँदैछ, पर्यावरण ध्वस्त हुँदैछ । हाम्राजस्ता देशबाट भाग्य र भविस्य खोज्न विदेशिनु पर्ने अवस्था छ, त्यसको मूल कारण राजनीति नै हो । सम्भावनाको खोजी, सपना र महत्वकांक्षालाई अर्जाप्नु पनि राजनीति बुझनै जरुरी  हुन्छ ।   अधिकांश  युवाहरु राजनीति र सामाजिक सरोकारका विषयमा उदासिन बन्दैजाँदा  छलफल, चिन्ता, चासो र भूमिका पनि फेरिए ।  आसे चरित्र र शक्तिको फूर्को समातेर भविस्यथाल्दा आफ्नै क्षमता  गुम्दै गएको पत्तै पनि युवा पाँउदैनन् । राजनीति र सामाजिक सरोकारबाट उदासिन गराउने पनि योजनावद्द भ्रष्ट सत्ताराजनीतिकै हिस्सा हो ।
 को  हो त, युवा ?   
हरेक यूगको  सपना र निष्ठा भनेकै तत समय र समाजका युवाले पुरानालाई त्याग्ने, नयाँ पाँउने चाहना, पाउनेक्रममा भोग्ने कष्ट, तिर्नु पर्ने मूल्य, उठाउने जोखिम, संघार  छिचोल्ने आँटनै  हो । हरेक विषयमा शंका गर्नु तर शंकावादमा नफस्नु युवाचेत हो । आत्मिक उर्जा र चेतना मर्नु र शारीरिक तन्नेरी हुनु मात्र  युवापना मान्न सकिँदैन ।   या त अरुभन्दा भिन्नै, मौलिक या त अरुभन्दा उम्दा वा महान बन्ने अपेक्षा,  जागृत महत्वकाक्षा युवा पहिचान हो । त्यसलाई पुरागर्ने सपना, जोस, लगन, प्रतिवद्धता र सक्रियता त्यसको प्रतिकुलताको आईपर्ने समस्या र अवरोधको प्रतिकारमा उठाउन सक्ने जोखिम नै  हो ।
हरेक कालका युवाहरूले आर्दशको स्वैर कल्पना र तीतो यर्थात भित्रको अन्तरविरोधको चक्रव्यूह तोड्ने जमर्को गरेको हुन्छ । नयाँ उपाय हुन्छन, खोज्ने क्षमता भने हुनुपर्याे मात्र । त्यसको लागि  उत्पादनका साधन, स्रोत, स्वामित्व र त्यसैद्वारा सिर्जित सामाजिक मनोदशा एवं संस्कृतिको विकल्प दिनु पर्छ । अहिले उपभोक्तावादी बजार संस्कृतिले ग्रसित भएर चकाचौँध सपनामा युवा अपेक्षा पिल्सिरहेका छन् । पहिचानको खोजी वा नायकको खोजीमा सँधै युवा जमात भड्किरहेको छ तर अधिकांशले आफ्नो आर्दश नायक कस्तो हुनुपर्छ भन्ने किटान गर्न भने सकीरहेका भने छन् । खोजे सबैथोक पाईन्छ ।  हिडेपछि त बाटो बन्दैजान्छ तर गन्तव्यको त सही सोच त हुँनै पर्याे नी ।
 हरेक कालखण्डका युवाहरुले आर्दशको स्वैर कल्पना र तीतो यर्थात भित्रको अन्तरविरोधमा नायकत्वको खोजीगर्दै चक्रब्यूह तोड्ने जमर्को गरेका हुन्छन । पहिचान वा नायकको खोजीमा सधेँ युवा जमात लागिरहेको हुन्छ तर अधिकांशले   आर्दश नायक को र कस्तो हँनु पर्छ ?  भन्ने  किटान गर्न भने सकिरहेको हुँदैनन्  ।
मानवता युवाहरुको अन्तरचालित उर्जा  हो । जर, जोरु र जमिनप्रतिको आशक्ति त होला तर कसैको पनि जीवन लक्ष्यमा चोर डाका, भ्रष्ट, व्यभिचारी र नसाखोर बन्ने हुदँैन । तर,  हरेक समाजमा ती भूमिकामा  कोही न कोही भने देखिन्छन् नै । त्यसकोलागी आर्थिक उत्पादनका साधन, स्रोत, स्वामित्वद्धारा स्रिजित  मनोदशा मुख्य कारक बन्छन् । निराशाको उत्कर्ष विज्ञानको उपभोग गर्छन् तर अन्तरनिहित क्षमता विज्ञानमा नखोजेपछि  घन्टी बजाउन पुग्छ । कतिपय भने  यो भएन, उ भएन, यसो गरेको भए त्यसो हुन्थ्यो त भन्छन् तर के गर्नु पर्छ भनेर पहल लिनुभन्दा निराशाको गित गाँउदै पलाएन हुन्छन् । कतिपय विज्ञानपुत्रहरु नै रुढिवादको संघार छिचल्न सकिरहेका हुँदैनन् । आफैँले बनाउँनु पर्ने भाग्यको  भर पर्दैनन् । कार्य, कारण र परिणाम प्रति सुक्ष्म अध्ययन नगर्दै नयाँसोचले पहल लिनुभन्दा  सहजज्ञान र सहजपुँजी प्रतिको अकर्षण बढेर  शारीरिक युवा भएपनि साच्चैको युवापन भने रहँदैन् ।
 तन्नेरीमा जोखिम उठाउने र पहल लिनेभन्दा पनि समस्यादेखी पलायन हुने प्रबृति बढ्दै जाँदोछ ।  आक्रोस र आवेग व्यतिदै मनखुस हुँने देखिन्छन  । अझ विज्ञान, तर्कभन्दा  आधुनिकतासंगै रुढिवादी र भाग्यवादी पनि बन्दाछन् । विज्ञानपुत्रहरु नै अवैज्ञानिक बाटोबाट गुज्रिदेैजाँदा ऊसामु प्रश्न पनि तेर्सिन्छन–के ऊ अग्रमनको पक्षधर हो ? यथास्थितिको रक्षक हो वा आग्रहको शिकार के हो ?  भागेर, पलायन भएर उसको मन र मस्तिष्कले उसलाई माफ गर्छ ?  विग्रेको देशको राजनीतिसंग उसको सरोकार के हो ? किनारामा बसेर रमिते र तमासे बनेर वा धारे हात लगाएर यूगीन दायित्वदेखी पन्छन पाँउछ ? गतिशील रह्यो की रहेन ? देश, कालको अगुवाई गर्न सक्यो की सकेन ? आफैँलाई केन्द्रमा राख्यो वा सार्वभौम विचार र दायीत्व पछ्याउन सक्यो ?  वरीपरीका विकसित घटनाक्रमः र समस्यालाई कसरी हेरी, बुझी रहेको छ ? त्यसलाई निकास दिने के कस्तो भूमिका खेली रहेको छ वा वेवास्ता गर्छ ? समस्याबाट पलायन कतै भएको त छैन् ? अथवा यि सांसारिक प्रश्नसंग मेरो के वास्ता ? के सरोकार ? सोच्न थाल्छ ।
 यदी गम्भीर विषयबाट तर्कन चाहान्छ भने मानसिक उर्जा वेगरको शारिरिक तन्नेरी मात्र बन्न पुग्छ,युवा भने हुँदैन  । अग्रमन, यथास्थिति र प्रतिगमन बीचमा भयंकर टकराहटको बेला कोहीपनि सरोकारहीन बन्न सक्दैन, पाँउदैन । ? निजी सकृयतामा मात्रै उस्का अपेक्षा, कामना र महत्वकांक्षा पुरा हुदैनन् ।
भविस्य भएको देशका लागी योग्य प्राविधिक, चिन्तक र नैतिक राजनीतिक नेताको आवश्यकता हुन्छ । त्यस्तै हरेक राजनीतिक पार्टीका लागी पिछलग्गु हैनन् नैतिकवान, क्षमतावान, आलोचनात्मक चेत भएका वैचारिक दृढ, गतिशील र परिपक्क सक्रिय युवा नेता, कार्यकर्ता आवश्यकता हुन्छ । नेताहरुको पहिचान उनीहरुलाई समर्थन गरेर पछाडिलाग्ने र विचारलाई कार्यन्वयन तहमा पु¥याउने कार्यकर्ताको नैतिक बलसंग जोडिएको हुन्छ । तर, नैतिक धरातल र सैद्धान्तिक कुरा अहिले अधिकांश युवाहरुमा काउसो जस्तो हुँदैछ ।  ठूलोसंख्या आन्दोलन बन्न सकिरहेको छैन् । राजनीतिमै छन भने पनि आस र त्रासमा विवेकशील उर्जा खर्चिरहेका छन । जहाँ युवाहरु निराश र आग्रहले हाँकिन्छन त्यहा विग्रहकारी तत्वले आर्दशका उत्तजना छेड्दै मिसन पुरा गरिरहेको हुन्छ ।
समयका चाप, अग्रगामी एवं निर्णायक भूमिकाको व्यग्र पर्खाई, घनिभूत टकराहटको अवस्था बुझ्न र दायीत्व निभाउन कुनै आवश्यकता महसुस नगर्ने युवा, प्रतिकृयावादीसंगै रमाउदै उत्तेजनामा हाँकिन पुग्छ ।
 जागरुक चेत र कार्य, कारण र परिणामलाई आग्रहहीन  दृष्टिले हरेर बुझे मात्र  प्रगतिवादी भूमिकामा उत्रन  सकिन्छ  । त्यसकोलागी सहमतिमा हिम्मत र विमतिमा विवेक पुर्‍याउनु अनिवार्य  हुन्छ । आफ्नै क्षमताको पहिचान सधैँ गतिशील बनाउन आफैँलाई अर्जापी रहने, हर्दम नयाँबन्न र हुन, नयाँ गर्न जोखिम उठाउन तयार भईरहनु पर्छ नै ।  अन्तरनिहित इक्षाशक्तिको जागृत चेत नै अपेक्षाको किटान र महत्वकांक्षा पुरा गर्ने उपाय  हुन् ।  संसारमा घटेका घटनालाई विज्ञानपरक, तर्किक, अध्ययन र धारणा बनाउनु मात्र युवापना हो । शारीरिक उमेरले मात्र  हुन सकिँदैन् ।  उसको सोच्नेको शैली र व्यवहारमा देखिने भूमिकाले मात्र चिनिन्छ । नवयुवाहरुले विर्सनै नहुने विषय  भनेकै समाजलाई एकातर्फ श्रम बजारमा आवश्यक शैक्षिक जनशक्ति (ह्वाईट लेवर) पुरा गर्न पर्ने हुन्छ भने अर्कातर्फ मानव अन्तरनिहित क्षमताको प्रष्फुटन हुने वातावरण तयार हुँनु पनि पर्छ  । त्यसैले शैक्षिक जनशक्तिको लागी विधागत शिक्षा, मानव संवेदनशीलता र मानवीय दायित्वबोधकालागी विद्याको प्रचलन भएको हो । अझैसम्म मानवसँग भएको अन्तरनिहित क्षमताको मापन वा आँकलन कसैले पनि गर्न सकेको छैन् ।
 युवा राजनीति       
  समाजको सबैभन्दा जागरुक अंग युवाको ठूलोपग्ति  सपना, लक्ष र मानवता सकिँदा  निराश भएको  हो । उपभोक्तावादबाट थिलथिलो भएको उ आत्मकेन्द्रित  बन्दै छ । दैनिक जसो हजारौँको सङ्ख्यामा काम, अवसरको खोजीमा पुर्पुरो ठोक्दै विदेशीदैछ । कुण्ठा व्यक्तिने फेसबुके समाजमा फेरिँदैछ । सत्यको निर्माण र धारणा पनि सामाजिक सञ्जालबाट मात्रै बनाउदैछ । फास्टफुड संस्कृतिमा रमाएर गम्भीर विषयबाट बिरक्तिँदै स्रिजनात्मक आन्दोलनबाट कटिँदै छ  । चरम महत्वकाङ्क्षा पुरा नहुँदा  सामाजिक सरोकारको विषय र अवस्था प्रति कुनै सरोकार  राख्दैन  । कतिपयलाई  भने अभाव र तनावको कारणले प्रतिकृयाले मात्र  सकृय बनाएको छ  । यसकोलागी  राजनीति जति होसियार र सजग हुँनु पथ्र्यो, त्यति रहेन  । या त नेतृत्व गर या त पछयाउ नत्र त्यहाँबाट खस्क भन्नेमा युवा पुगेका अधिकांश युवाहरु जोखिम उठाउनु भन्दा खस्कने कारणमा उपभोक्ता सस्कृतिको दास बन्नु र स्वयंमा रहेको अन्तरनिहित क्षमताको प्रयोग नगर्नु हो  ।
जर्मन चिन्तक, कवि र नाटककार ब्रटोल्ड ब्रेख्त भन्छन – सबैभन्दा निकृष्ट अशिक्षित व्यक्ति त्यो हुने गर्छ  जो राजनीतिक रूपबाट अशिक्षित हुन्छ । ऊ सुन्दैन, ऊ बोल्दैन, राजनीतिक बहस छलफलमा भाग लिदैन । ऊ जिन्दगीको मुल्य बुझ्दैन, तरकारी,माछा, आटा, जुत्ता र ओखतीको भाऊ   अनि घरभाडा….. यो सबै कुरा  राजनीतिक निर्णयमा भर पर्छ भन्ने कुरा ऊ बुझ्दैन । राजनीतिक अशिक्षित व्यक्ति एति घाँडो हुन्छ कि –म राजनीतिलाई घृणा गर्छु भनेर घमण्ड गर्दै छात्ती फुलाउँछ । त्यो  रोगी दिमाग वाला यो कुरा बुझ्दैन कि  उसको राजनीतिक अज्ञानताले  एउटी वेश्या, एउटा परित्यक्त बच्चा र चोरहरूमा पनि  सबैभन्दा ठूलो चोर….  एउटा खराब राजनीतिज्ञलाई जन्म दिन्छ जो भ्रष्ट तथा राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूको जुठो हड्डी चाट्ने नोकर  हुन्छ ।”
साँच्चै  असल मान्छेले राजनीति र सामाजिक सरोकारमा सरिक हुँदैनन् भने जो, जहाँ हुनेछन् ब्रेख्तले भनेजस्तै आपmनो देश वा कर्मभूमिमा निम्नस्तरका चरित्रहीन शासक जन्माइरहेका हुनेछन । अपराधीलाई राजनीतिज्ञ स्वीकार गरियो भने उनीहरूकै पकडमा सत्ता केन्द्रित हुनेछ । त्यसको असर देश, काल र इतिहासमा परेर पीडा उठाइरहनु पर्छ । योग्यलाई रमिता र तमासा हेरिरहने कहिल्यै पो छुट हुन्छ र ?
तर  विज्ञानको उपभोग गरेर अन्तरनिहित क्षमता विज्ञानमा नखोजेपछि विज्ञानपुत्रहरु नै रुढिवादको सङ्घार छिचल्न भने सक्दैनन् । आफैले बनाउनु पर्ने भाग्यको भर पर्दैनन् । कार्य, कारण र परिणमप्रति शुक्ष्म अध्ययन नगर्दै सहज ज्ञान र सहजपूँजीप्रतिको आर्कसित हुन्छन पनि  । त्यसैले समाजको सबैभन्दा जागरुक अंग युवाको ठूलो जमात अहिले निराश छ, आत्मकेन्द्रित बन्दै छ  ।  गम्भीर विषयबाट बिरक्तिँदै कुण्ठा व्यक्त गर्दै सिर्जनात्मक भूमिकाबाट कटिँदै छ । चरम महत्वकाङ्क्षा पूरा नहुँदा  सामाजिक सरोकारको विषय र अवस्थाप्रति कुनै सरोकार राखेको देखिँदैन ।  कतिपयलाई भने प्रतिकृयाले नै सकृय बनाएको छ ।
 उ बुझदैन –सम्भावनाको खोजी सपना र महत्वाकाङ्क्षालाई अर्जाप्नु हो । थाहा पाउनु  वा नपाउनु, स्वीर्कानु वा अस्वीकार गर्नुमा विकसित घटनाक्रमलाई कुनै असर पार्दैन । जतिसुकै बलियो ढोका थुनेर बसेपनि राजनीतिले ढकढक्याउँछ, नखोले फोर्छ । नभए गुरिल्ला बन्दै सुटुक्क चुलो र खुसुक्क ओछ्यानमा पुग्छ ।  सपनीमा चिमोट्छ, निष्लठ् भएर मदहोश भएर सुते पनि  चिन्तामा डुबाउन ब्युँझाउछ ।  मस्त निन्द्रामा पनि  सपना काबु पार्न सकिँदैन ।  चिन्ताले सन्तोष र निन्द्रा हराइदिन्छ । सोच्ने जिम्मा अरुलाई दिएर छाउरा कोरल्ने मात्र कोही बन्न सक्दैन । राजनीति गर्दिन भन्दा पनि या त राजनीति गरिरहेको हुन्छ या भ्रष्ट शासक जन्माइरहेको वा समर्थन गरिहेको हुन्छ । निशाका कारक पक्ष खुट्याउन भन्दा निमित्तकारणमै अल्झन्छ ।
अन्तमा
 –जनमत त्यसै निरास बनेको हैन । कथाले मागे जस्तो कथाकारले पात्रको चरित्र ढाल्छ । खेल अनुसार नियम र मैदान हुन्छन । मालिक अनुसारका भक्तिगान हुन्छन । समय घर्कदैजाँदा विशेष घटना र व्यक्ति  सामान्य हुँदै जान्छन् । आजका भ्रष्टहरू हिजो आर्दशका गीत गाँउदा पनि भ्रष्ट नै थिए ।  मौका नपाँउदा  आर्दशवादी देखिएका समयसँगै असली चेहरा छोप्न सकेनन् । जव विश्वासका धरहरा भत्किन्छन तव प्रतिकुलतालाई अनुकुलतामा फेर्ने इच्छाशक्ति नभएपछि समाजमा निराशा त छाँउछ नै ।
  •  मानवीय क्षमता र अपेक्षाको ठूलो अंश भनेको युवाकालकै  हो । नदीले  बाटो र प्रतिभाले वातावरणको अवरोध स्वयंले चिर्दै  जान्छन ।  क्षमता सामने जहिलेपनि  चुनौतीका सगरमाथा ठडिएको हुन्छ भने सामाजिक अपेक्षा रारा तालभन्दा पनि गहिरो हुन्छ ।
  •  उपभोक्तावादले नित्य नयाँको उग्रभोक जागृत गर्छ ।  त्यसै राजनीतिले पार्टी र मान्छेको औकात संकटमा पार्छ । परिणामः इतिहास घायल हुन्छ । वर्तमान उकुसमुकुस हुन्छ । भविष्य अनिश्चित भएर समाज निराशातर्फ धकेलिँदै जान्छ । सत्य इतिहास हितअनुसार परिभाषित हुँदै व्यवस्थित  हुँदै जान्छन । अझ विद्रोहका राप र ताप सेलाउँदै गएपछि नायक खलनायकमा फेरिँदै गएर बीभत्सिकरणका पण्डित्याइँ छताछुल््ल हुँदै जान्छन् । नायक ध्वस्त भएको आर्दश घिटीघिटी रहेको समयमा नक्कलीको बिगबिगी चल्छ । प्रजातन्त्र, लोकतन्त्र, समाजवादी अभ्यासका सिद्धान्तका जेजे नाम दिए पनि यो क्लेप्टोक्रेसी (भ्रष्टतन्त्र) तन्त्र नै हो । तर, सङ्लो मान्छे धरतीमा अझै छन, किन उनीहरू विभत्स विरुद्ध कुर्लिन सक्दैनन्, केही बोल्न र भन्न सक्दैनन् विडम्बना भने हो  ।
  •  समाज, व्यक्तिमा आशा, सपना, मूल्य रित्तिदै खुशी बेचेर सुख किन्न मान्छे संसार भौँतारिनु नित्य नयाँको चाहना हो ।   तर नित्य नयाँ खोज्नुको अर्थ कराहीबाट उम्केको माछो, भुङग्रोमा पर्नु भने हैन । सूचना  प्रविधिको विकाससाथै भिसारहित विश्व बन्दैछ । एकअर्का सभ्यता र संस्कृतिको प्रभाव अन्यत्र पनि पर्दाछन  । त्यसका बाछिटा यत्रतत्र र सर्वत्र देखिँदै छन । त्यसको लप्का  यहाँ पर्नु  पनि स्वभाविकै हो । नेपाली समाजमा तिब्र हस्तक्षेपले महान उथलपुथल भएर नयाँ आशा र उमंग भरिए । तर बढेका आशा, तीब्र महत्वकाङ्क्षा, महान सपनाले निरन्तरता पाउन भने सकेन ।
  •  नेपाली समाजमा निराशा  तोड्न अहिले मानवतामाथी, राजनीतिमाथी,भावना र संवेदनामाथी विश्वासको पुनस्थापना र त्यसकै जगमा टेकेर नयाँ विश्वास पाउने कोशिस, सबभन्दा ठूलो चुनौती बनेको छ ।
  •  परिवर्तन र आर्दशकालागी मूल््य तिर्ने, तिरेको यो जागरुक समाज हो, थियो । अब  आर्दश  स्यालको सिँग बने । कुन अदृश्य आतङ्कले समाजलाई यस्तो  मौन बनायो ?  हामी अहिले आर्दशहीन कुण्ठाग्रस्त नेतृत्वको शासन खप्न विवश छौँ । कस्तो देश र भविष्य सन्तानलाई सुम्पिएर हामी संसारबाट बिदा हुन्छौ, हँ !  चौतर्फी अन्याय र अपराध देखिन्छ  तर मान्छेसँग प्रश्न रित्तिए ।  जिज्ञासा सकिए ।  किन ?
  •  खुशी र स्वाभिमान सुखसँगै साटिएपछि स्वदेशमै श्रमप्रतिको अनादर भएर भाग्य अर्जाप्न मान्छे विदेश खस्कन्छ ।
  • निराश अल्पकालीन हो । मान्छे अदभूत आशावादी प्राणी हो । समस्याको निरुपण गर्ने उपाय, विचार, दर्शन दिन उ सक्षम भएको सभ्यता विकासक्रममा इतिहासले  प्रमाणित गरेको छ । निराशा मृत्य र निस्क्रिया स्वीकार्नु हो । दिनको चैन रातको निन्द्राको दुश्मन हो । आशा र सपनाको हत्यारा हो । राजनीतिज्ञ र समाजशास्त्रीहरुका चुनौति हुँन ।
                    लेखकः वरिष्ठ लेखक तथा  वामपंथी विष्लेशक  नरेन्द्रजंग पिटर   हुन ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search