खुशी र सुख जस्तै आशा र निराशा पनि रात र दिन जस्ता हुन । आशा जीवन हो, निराशा मृत्यु । जीवनका अनुभूति हुन । कसैको पनि संसारमा अगस्ति चाहना कहिल्यै पुरा भएको छैन । चाहनाले जीवन सक्रिय त बनाँउछ तर अगस्ति चाहना भने उग्रबासना हो । मानव सभ्यता विकासको इतिहासको शिक्षा भनेको धन, यौन र शक्तिका भोक कसैको पनि पुरा भएन । तिर्खाइको तीब्र खोजीमा भडकेको प्यासा निराशाबाट मुक्तिका उपाय खोज्न भौँतारिदा इहलीला समाप्त गरिरहेको हुन्छ ।
इतिहासदेखि वर्तमानसम्म युद्धका कथा नियालौँ, प्यासाका जीवनी नियालौँ त । धन, यौन र शक्तिका तीब्र भोकाले यो संसारलाई चिहानघारी बनाए । तर ति प्यासाले अरुलाई मोहित गरे तर उनकै प्यास भने मेछिएन । हामी आशा र निराशाका चर्चा गर्न थाल्दा, खुशी र सुखका कुरा गर्दा आखिर मान्छेका आन्तरिक चालक शक्ति के हो ? भन्ने अध्ययन आवश्यक हुन्छ । तब सामाजिक र मानविय दायित्व अर्थहीन बन्दैगए । त्यसका असर यत्रतत्र देखिँदैछन् । समाजशास्त्री कति चिन्तत छन ! सरोकार राख्छन् ! यस संक्षिप्त लेखमा व्याख्या हुन सक्दैन । जागरुक नागरिक र भीडमा फरक हुन्छ । अहिले समाजविज्ञान सामु भीडलाई कसरी नागरिकमा फेर्ने भन्ने प्रश्न जटिल बन्दै गएको छ । शक्तिले आर्दश जोगाउन नसक्दा आवेगी भीड अहिले राजनीतिको केन्द्रिय भूमिकामा पुग्दै समाजको भाग्य र भविष्यको नेतृत्व गर्दैछ ।
खुशी बेचेर सुख किन्न खोज्दा निजी जीवन तड्पिदै रित्याएका अनेकौ नजिर छन । १ सय ५० वर्ष बाच्न चाहने कालाबाट सेतो छाला फेरेका विश्वका चर्चितकिगं अफ पप भनिने माइकल ज्याक्सनले परिक्षित खाना खान्थे । आवस्यकतामा प्रयोग गर्न सबै खाले मानवअंगको व्यबस्था गरेका थिए । १२ डाक्टर सेवारत थिए । तर ५० वर्षकै उमेरमै देहान्त भयो । सुनको ताबुतमा गाडिएका ज्याक्सनको लास चोरी होला भन्नेमा पारिवारिक चिन्ता छ ।
निराशाका मानक नियालौँः पूस्तक पसल खुम्चिए, औषधी पसलभन्दा मदिरालय धेरै खुले । हरेक महिनाको अन्ततिर मदिराको विक्री धेरै हुन्छ । पहिलो हप्ता लिलामीका सूचनाले मिडिया भरिन्छन । आत्महत्याको समाचार धेरै देखिन्छ । एउटा मात्र छोरो विदेश जाओस् भनेर बुढीआमा भाकल गर्छिन । एयरपोर्टमा विदेसिने युवा श्रमिकको अवस्था, सीमानामा कालापहाड लाग्ने भीड, शैक्षिक अनुमति र उनीहरुले लैजाने विदेशी मुद्राको राष्ट्रबैकको तथ्यांक नियाल्छु । देशको नागरिकता त्याग्ने र यहाँका घरजग्गा बेचेर युरोप, अमेरिकामा घरजाम गर्नेको सख्या नियाल्छु । सहकारी पीडितको दर्दनाक कथा राजमार्ग भएर राजधानी पुग्छ । दामलीहरु भने न्यायिक उन्मुक्ति र अपराधीहरु राजनीतिको शिर्षास्थानमा पुग्छन । रक्षकहरुको सिण्डिकेट बन्छ । अपराधका ड्राइकिल्नर्स सत्ता र न्यायालय बन्छन । घुषबेगर कुनै काम हुँदैन भन्ने विश्वस्त जनमत बढ्दो छ । तिसबैलाई सलाम बजार्ने कार्यकर्ता, किनिने र बेचिने राजनीति उध्यम बन्दो छ । बन्द भईरहेका सटरहरुले देशको अर्थव्यवस्था चिच्याहट गरिरहका छन । ति सबै चित्र र चरित्रलाई एउटै बास्केटमा हालेपछि अहिले देशको तस्विर बन्छ । सामाजिक नक्सा बन्छन्
।
बस्ने मन छैन, जाँने ठाँउ छैन भन्ने उपायहीन भएपछि निराशा र पलायनको समाजिक संकट र पलायनका मनोभाव सुरु हुन्छन । निराशाको मानक बन्छ । समाजले आफ्नो नियति र पहिचान भ्रष्टाचारलाई पौरखको सौन्दर्यता बनाएपछि म को हुँँ ? भन्ने प्रश्नले हैसियतको खोजीमा व्यक्ति छटपटाँउछ । तब संवाभनाको झिल्को नदेखेपछि मान्छेमा मानवतावादको साटो व्यक्तिबाद तर्फ धकेलिन्छ । भ्रष्टाचारले आफु अनुकुल संस्कार बनाएर मौन संवेदनहीन, आक्रोशबिनाको घृणारहित समाज बनाँउदै लैजान्छ । भ्रष्टतम वा अलोकप्रियताको प्रतिकृयामा शक्ति आर्जन गर्ने खेल देखिएर सत्ताधारीहरू आफ्ना भ्रष्टतामा सरिक गराँउदै जनतालाई भीडमा फेर्दै छन । निरास बनाउदै आफू सुरक्षित हुँने खेल खेलिँदैछ । लोकप्रिय राजनीतिलाई प्रतिकृयामा हाकिँने जनमत चिठ्ठा पर्छ । प्रतिकृयाको अस्थिर मुद्दाहरू उरालिन्छन् । ति अति चञ्चल भएकाले तत्कालीन असन्तुष्टिलाई प्रयोग त गर्छन तर उनीहरुसंग न विगतको इतिहास हुन्छ, न भविष्यको मार्गचित्र ।
निरासाका कारण
संकट र निराशा छाउनु भनेको त्यो समाज र समयका युवामा जोस, जाँगर, उर्जा सकिएर उदास बन्नु हो । बजारसंस्कृतिले चरम उपभोक्तावादको आक्रमणको सिकार बन्न पुग्नु हो । तव आर्दश, स्वभिमानका विषय र अर्थ फेरिँदै जान्छन । अपेक्षाको पर्वत चुलिँदैजाँदा निजी प्रगतिका लागी जे पनि गर्नु हुन्छ भन्ने भाष्य बन्छ ।
निराशाको शत्रु, आश र भरोसा भनेकै नित्य नयाँ सोच्ने, र नयाँकालागी जोखिम उठाँउदै भूमिकामा उत्रिने जागृत युवा समूहनै हो । नीतिहरुको मुलनीति राजनीति हो । संसारमै ंजे, जस्तो अस्तव्यस्तता छन, वेरोजगारी छ, धनी र गरिव बीचमा खाडल झन ठूलो हुँदैछ, युद्दले विश्वयुद्दको रुप लिँदैछ, पर्यावरण ध्वस्त हुँदैछ । हाम्राजस्ता देशबाट भाग्य र भविस्य खोज्न विदेशिनु पर्ने अवस्था छ, त्यसको मूल कारण राजनीति नै हो । सम्भावनाको खोजी, सपना र महत्वकांक्षालाई अर्जाप्नु पनि राजनीति बुझनै जरुरी हुन्छ । अधिकांश युवाहरु राजनीति र सामाजिक सरोकारका विषयमा उदासिन बन्दैजाँदा छलफल, चिन्ता, चासो र भूमिका पनि फेरिए । आसे चरित्र र शक्तिको फूर्को समातेर भविस्यथाल्दा आफ्नै क्षमता गुम्दै गएको पत्तै पनि युवा पाँउदैनन् । राजनीति र सामाजिक सरोकारबाट उदासिन गराउने पनि योजनावद्द भ्रष्ट सत्ताराजनीतिकै हिस्सा हो ।
को हो त, युवा ?
हरेक यूगको सपना र निष्ठा भनेकै तत समय र समाजका युवाले पुरानालाई त्याग्ने, नयाँ पाँउने चाहना, पाउनेक्रममा भोग्ने कष्ट, तिर्नु पर्ने मूल्य, उठाउने जोखिम, संघार छिचोल्ने आँटनै हो । हरेक विषयमा शंका गर्नु तर शंकावादमा नफस्नु युवाचेत हो । आत्मिक उर्जा र चेतना मर्नु र शारीरिक तन्नेरी हुनु मात्र युवापना मान्न सकिँदैन । या त अरुभन्दा भिन्नै, मौलिक या त अरुभन्दा उम्दा वा महान बन्ने अपेक्षा, जागृत महत्वकाक्षा युवा पहिचान हो । त्यसलाई पुरागर्ने सपना, जोस, लगन, प्रतिवद्धता र सक्रियता त्यसको प्रतिकुलताको आईपर्ने समस्या र अवरोधको प्रतिकारमा उठाउन सक्ने जोखिम नै हो ।
हरेक कालका युवाहरूले आर्दशको स्वैर कल्पना र तीतो यर्थात भित्रको अन्तरविरोधको चक्रव्यूह तोड्ने जमर्को गरेको हुन्छ । नयाँ उपाय हुन्छन, खोज्ने क्षमता भने हुनुपर्याे मात्र । त्यसको लागि उत्पादनका साधन, स्रोत, स्वामित्व र त्यसैद्वारा सिर्जित सामाजिक मनोदशा एवं संस्कृतिको विकल्प दिनु पर्छ । अहिले उपभोक्तावादी बजार संस्कृतिले ग्रसित भएर चकाचौँध सपनामा युवा अपेक्षा पिल्सिरहेका छन् । पहिचानको खोजी वा नायकको खोजीमा सँधै युवा जमात भड्किरहेको छ तर अधिकांशले आफ्नो आर्दश नायक कस्तो हुनुपर्छ भन्ने किटान गर्न भने सकीरहेका भने छन् । खोजे सबैथोक पाईन्छ । हिडेपछि त बाटो बन्दैजान्छ तर गन्तव्यको त सही सोच त हुँनै पर्याे नी ।
हरेक कालखण्डका युवाहरुले आर्दशको स्वैर कल्पना र तीतो यर्थात भित्रको अन्तरविरोधमा नायकत्वको खोजीगर्दै चक्रब्यूह तोड्ने जमर्को गरेका हुन्छन । पहिचान वा नायकको खोजीमा सधेँ युवा जमात लागिरहेको हुन्छ तर अधिकांशले आर्दश नायक को र कस्तो हँनु पर्छ ? भन्ने किटान गर्न भने सकिरहेको हुँदैनन् ।
मानवता युवाहरुको अन्तरचालित उर्जा हो । जर, जोरु र जमिनप्रतिको आशक्ति त होला तर कसैको पनि जीवन लक्ष्यमा चोर डाका, भ्रष्ट, व्यभिचारी र नसाखोर बन्ने हुदँैन । तर, हरेक समाजमा ती भूमिकामा कोही न कोही भने देखिन्छन् नै । त्यसकोलागी आर्थिक उत्पादनका साधन, स्रोत, स्वामित्वद्धारा स्रिजित मनोदशा मुख्य कारक बन्छन् । निराशाको उत्कर्ष विज्ञानको उपभोग गर्छन् तर अन्तरनिहित क्षमता विज्ञानमा नखोजेपछि घन्टी बजाउन पुग्छ । कतिपय भने यो भएन, उ भएन, यसो गरेको भए त्यसो हुन्थ्यो त भन्छन् तर के गर्नु पर्छ भनेर पहल लिनुभन्दा निराशाको गित गाँउदै पलाएन हुन्छन् । कतिपय विज्ञानपुत्रहरु नै रुढिवादको संघार छिचल्न सकिरहेका हुँदैनन् । आफैँले बनाउँनु पर्ने भाग्यको भर पर्दैनन् । कार्य, कारण र परिणाम प्रति सुक्ष्म अध्ययन नगर्दै नयाँसोचले पहल लिनुभन्दा सहजज्ञान र सहजपुँजी प्रतिको अकर्षण बढेर शारीरिक युवा भएपनि साच्चैको युवापन भने रहँदैन् ।
तन्नेरीमा जोखिम उठाउने र पहल लिनेभन्दा पनि समस्यादेखी पलायन हुने प्रबृति बढ्दै जाँदोछ । आक्रोस र आवेग व्यतिदै मनखुस हुँने देखिन्छन । अझ विज्ञान, तर्कभन्दा आधुनिकतासंगै रुढिवादी र भाग्यवादी पनि बन्दाछन् । विज्ञानपुत्रहरु नै अवैज्ञानिक बाटोबाट गुज्रिदेैजाँदा ऊसामु प्रश्न पनि तेर्सिन्छन–के ऊ अग्रमनको पक्षधर हो ? यथास्थितिको रक्षक हो वा आग्रहको शिकार के हो ? भागेर, पलायन भएर उसको मन र मस्तिष्कले उसलाई माफ गर्छ ? विग्रेको देशको राजनीतिसंग उसको सरोकार के हो ? किनारामा बसेर रमिते र तमासे बनेर वा धारे हात लगाएर यूगीन दायित्वदेखी पन्छन पाँउछ ? गतिशील रह्यो की रहेन ? देश, कालको अगुवाई गर्न सक्यो की सकेन ? आफैँलाई केन्द्रमा राख्यो वा सार्वभौम विचार र दायीत्व पछ्याउन सक्यो ? वरीपरीका विकसित घटनाक्रमः र समस्यालाई कसरी हेरी, बुझी रहेको छ ? त्यसलाई निकास दिने के कस्तो भूमिका खेली रहेको छ वा वेवास्ता गर्छ ? समस्याबाट पलायन कतै भएको त छैन् ? अथवा यि सांसारिक प्रश्नसंग मेरो के वास्ता ? के सरोकार ? सोच्न थाल्छ ।
यदी गम्भीर विषयबाट तर्कन चाहान्छ भने मानसिक उर्जा वेगरको शारिरिक तन्नेरी मात्र बन्न पुग्छ,युवा भने हुँदैन । अग्रमन, यथास्थिति र प्रतिगमन बीचमा भयंकर टकराहटको बेला कोहीपनि सरोकारहीन बन्न सक्दैन, पाँउदैन । ? निजी सकृयतामा मात्रै उस्का अपेक्षा, कामना र महत्वकांक्षा पुरा हुदैनन् ।
भविस्य भएको देशका लागी योग्य प्राविधिक, चिन्तक र नैतिक राजनीतिक नेताको आवश्यकता हुन्छ । त्यस्तै हरेक राजनीतिक पार्टीका लागी पिछलग्गु हैनन् नैतिकवान, क्षमतावान, आलोचनात्मक चेत भएका वैचारिक दृढ, गतिशील र परिपक्क सक्रिय युवा नेता, कार्यकर्ता आवश्यकता हुन्छ । नेताहरुको पहिचान उनीहरुलाई समर्थन गरेर पछाडिलाग्ने र विचारलाई कार्यन्वयन तहमा पु¥याउने कार्यकर्ताको नैतिक बलसंग जोडिएको हुन्छ । तर, नैतिक धरातल र सैद्धान्तिक कुरा अहिले अधिकांश युवाहरुमा काउसो जस्तो हुँदैछ । ठूलोसंख्या आन्दोलन बन्न सकिरहेको छैन् । राजनीतिमै छन भने पनि आस र त्रासमा विवेकशील उर्जा खर्चिरहेका छन । जहाँ युवाहरु निराश र आग्रहले हाँकिन्छन त्यहा विग्रहकारी तत्वले आर्दशका उत्तजना छेड्दै मिसन पुरा गरिरहेको हुन्छ ।
समयका चाप, अग्रगामी एवं निर्णायक भूमिकाको व्यग्र पर्खाई, घनिभूत टकराहटको अवस्था बुझ्न र दायीत्व निभाउन कुनै आवश्यकता महसुस नगर्ने युवा, प्रतिकृयावादीसंगै रमाउदै उत्तेजनामा हाँकिन पुग्छ ।
जागरुक चेत र कार्य, कारण र परिणामलाई आग्रहहीन दृष्टिले हरेर बुझे मात्र प्रगतिवादी भूमिकामा उत्रन सकिन्छ । त्यसकोलागी सहमतिमा हिम्मत र विमतिमा विवेक पुर्याउनु अनिवार्य हुन्छ । आफ्नै क्षमताको पहिचान सधैँ गतिशील बनाउन आफैँलाई अर्जापी रहने, हर्दम नयाँबन्न र हुन, नयाँ गर्न जोखिम उठाउन तयार भईरहनु पर्छ नै । अन्तरनिहित इक्षाशक्तिको जागृत चेत नै अपेक्षाको किटान र महत्वकांक्षा पुरा गर्ने उपाय हुन् । संसारमा घटेका घटनालाई विज्ञानपरक, तर्किक, अध्ययन र धारणा बनाउनु मात्र युवापना हो । शारीरिक उमेरले मात्र हुन सकिँदैन् । उसको सोच्नेको शैली र व्यवहारमा देखिने भूमिकाले मात्र चिनिन्छ । नवयुवाहरुले विर्सनै नहुने विषय भनेकै समाजलाई एकातर्फ श्रम बजारमा आवश्यक शैक्षिक जनशक्ति (ह्वाईट लेवर) पुरा गर्न पर्ने हुन्छ भने अर्कातर्फ मानव अन्तरनिहित क्षमताको प्रष्फुटन हुने वातावरण तयार हुँनु पनि पर्छ । त्यसैले शैक्षिक जनशक्तिको लागी विधागत शिक्षा, मानव संवेदनशीलता र मानवीय दायित्वबोधकालागी विद्याको प्रचलन भएको हो । अझैसम्म मानवसँग भएको अन्तरनिहित क्षमताको मापन वा आँकलन कसैले पनि गर्न सकेको छैन् ।
युवा राजनीति
समाजको सबैभन्दा जागरुक अंग युवाको ठूलोपग्ति सपना, लक्ष र मानवता सकिँदा निराश भएको हो । उपभोक्तावादबाट थिलथिलो भएको उ आत्मकेन्द्रित बन्दै छ । दैनिक जसो हजारौँको सङ्ख्यामा काम, अवसरको खोजीमा पुर्पुरो ठोक्दै विदेशीदैछ । कुण्ठा व्यक्तिने फेसबुके समाजमा फेरिँदैछ । सत्यको निर्माण र धारणा पनि सामाजिक सञ्जालबाट मात्रै बनाउदैछ । फास्टफुड संस्कृतिमा रमाएर गम्भीर विषयबाट बिरक्तिँदै स्रिजनात्मक आन्दोलनबाट कटिँदै छ । चरम महत्वकाङ्क्षा पुरा नहुँदा सामाजिक सरोकारको विषय र अवस्था प्रति कुनै सरोकार राख्दैन । कतिपयलाई भने अभाव र तनावको कारणले प्रतिकृयाले मात्र सकृय बनाएको छ । यसकोलागी राजनीति जति होसियार र सजग हुँनु पथ्र्यो, त्यति रहेन । या त नेतृत्व गर या त पछयाउ नत्र त्यहाँबाट खस्क भन्नेमा युवा पुगेका अधिकांश युवाहरु जोखिम उठाउनु भन्दा खस्कने कारणमा उपभोक्ता सस्कृतिको दास बन्नु र स्वयंमा रहेको अन्तरनिहित क्षमताको प्रयोग नगर्नु हो ।
जर्मन चिन्तक, कवि र नाटककार ब्रटोल्ड ब्रेख्त भन्छन – सबैभन्दा निकृष्ट अशिक्षित व्यक्ति त्यो हुने गर्छ जो राजनीतिक रूपबाट अशिक्षित हुन्छ । ऊ सुन्दैन, ऊ बोल्दैन, राजनीतिक बहस छलफलमा भाग लिदैन । ऊ जिन्दगीको मुल्य बुझ्दैन, तरकारी,माछा, आटा, जुत्ता र ओखतीको भाऊ अनि घरभाडा….. यो सबै कुरा राजनीतिक निर्णयमा भर पर्छ भन्ने कुरा ऊ बुझ्दैन । राजनीतिक अशिक्षित व्यक्ति एति घाँडो हुन्छ कि –म राजनीतिलाई घृणा गर्छु भनेर घमण्ड गर्दै छात्ती फुलाउँछ । त्यो रोगी दिमाग वाला यो कुरा बुझ्दैन कि उसको राजनीतिक अज्ञानताले एउटी वेश्या, एउटा परित्यक्त बच्चा र चोरहरूमा पनि सबैभन्दा ठूलो चोर…. एउटा खराब राजनीतिज्ञलाई जन्म दिन्छ जो भ्रष्ट तथा राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूको जुठो हड्डी चाट्ने नोकर हुन्छ ।”
साँच्चै असल मान्छेले राजनीति र सामाजिक सरोकारमा सरिक हुँदैनन् भने जो, जहाँ हुनेछन् ब्रेख्तले भनेजस्तै आपmनो देश वा कर्मभूमिमा निम्नस्तरका चरित्रहीन शासक जन्माइरहेका हुनेछन । अपराधीलाई राजनीतिज्ञ स्वीकार गरियो भने उनीहरूकै पकडमा सत्ता केन्द्रित हुनेछ । त्यसको असर देश, काल र इतिहासमा परेर पीडा उठाइरहनु पर्छ । योग्यलाई रमिता र तमासा हेरिरहने कहिल्यै पो छुट हुन्छ र ?
तर विज्ञानको उपभोग गरेर अन्तरनिहित क्षमता विज्ञानमा नखोजेपछि विज्ञानपुत्रहरु नै रुढिवादको सङ्घार छिचल्न भने सक्दैनन् । आफैले बनाउनु पर्ने भाग्यको भर पर्दैनन् । कार्य, कारण र परिणमप्रति शुक्ष्म अध्ययन नगर्दै सहज ज्ञान र सहजपूँजीप्रतिको आर्कसित हुन्छन पनि । त्यसैले समाजको सबैभन्दा जागरुक अंग युवाको ठूलो जमात अहिले निराश छ, आत्मकेन्द्रित बन्दै छ । गम्भीर विषयबाट बिरक्तिँदै कुण्ठा व्यक्त गर्दै सिर्जनात्मक भूमिकाबाट कटिँदै छ । चरम महत्वकाङ्क्षा पूरा नहुँदा सामाजिक सरोकारको विषय र अवस्थाप्रति कुनै सरोकार राखेको देखिँदैन । कतिपयलाई भने प्रतिकृयाले नै सकृय बनाएको छ ।
उ बुझदैन –सम्भावनाको खोजी सपना र महत्वाकाङ्क्षालाई अर्जाप्नु हो । थाहा पाउनु वा नपाउनु, स्वीर्कानु वा अस्वीकार गर्नुमा विकसित घटनाक्रमलाई कुनै असर पार्दैन । जतिसुकै बलियो ढोका थुनेर बसेपनि राजनीतिले ढकढक्याउँछ, नखोले फोर्छ । नभए गुरिल्ला बन्दै सुटुक्क चुलो र खुसुक्क ओछ्यानमा पुग्छ । सपनीमा चिमोट्छ, निष्लठ् भएर मदहोश भएर सुते पनि चिन्तामा डुबाउन ब्युँझाउछ । मस्त निन्द्रामा पनि सपना काबु पार्न सकिँदैन । चिन्ताले सन्तोष र निन्द्रा हराइदिन्छ । सोच्ने जिम्मा अरुलाई दिएर छाउरा कोरल्ने मात्र कोही बन्न सक्दैन । राजनीति गर्दिन भन्दा पनि या त राजनीति गरिरहेको हुन्छ या भ्रष्ट शासक जन्माइरहेको वा समर्थन गरिहेको हुन्छ । निशाका कारक पक्ष खुट्याउन भन्दा निमित्तकारणमै अल्झन्छ ।
अन्तमा
–जनमत त्यसै निरास बनेको हैन । कथाले मागे जस्तो कथाकारले पात्रको चरित्र ढाल्छ । खेल अनुसार नियम र मैदान हुन्छन । मालिक अनुसारका भक्तिगान हुन्छन । समय घर्कदैजाँदा विशेष घटना र व्यक्ति सामान्य हुँदै जान्छन् । आजका भ्रष्टहरू हिजो आर्दशका गीत गाँउदा पनि भ्रष्ट नै थिए । मौका नपाँउदा आर्दशवादी देखिएका समयसँगै असली चेहरा छोप्न सकेनन् । जव विश्वासका धरहरा भत्किन्छन तव प्रतिकुलतालाई अनुकुलतामा फेर्ने इच्छाशक्ति नभएपछि समाजमा निराशा त छाँउछ नै ।
- मानवीय क्षमता र अपेक्षाको ठूलो अंश भनेको युवाकालकै हो । नदीले बाटो र प्रतिभाले वातावरणको अवरोध स्वयंले चिर्दै जान्छन । क्षमता सामने जहिलेपनि चुनौतीका सगरमाथा ठडिएको हुन्छ भने सामाजिक अपेक्षा रारा तालभन्दा पनि गहिरो हुन्छ ।
- उपभोक्तावादले नित्य नयाँको उग्रभोक जागृत गर्छ । त्यसै राजनीतिले पार्टी र मान्छेको औकात संकटमा पार्छ । परिणामः इतिहास घायल हुन्छ । वर्तमान उकुसमुकुस हुन्छ । भविष्य अनिश्चित भएर समाज निराशातर्फ धकेलिँदै जान्छ । सत्य इतिहास हितअनुसार परिभाषित हुँदै व्यवस्थित हुँदै जान्छन । अझ विद्रोहका राप र ताप सेलाउँदै गएपछि नायक खलनायकमा फेरिँदै गएर बीभत्सिकरणका पण्डित्याइँ छताछुल््ल हुँदै जान्छन् । नायक ध्वस्त भएको आर्दश घिटीघिटी रहेको समयमा नक्कलीको बिगबिगी चल्छ । प्रजातन्त्र, लोकतन्त्र, समाजवादी अभ्यासका सिद्धान्तका जेजे नाम दिए पनि यो क्लेप्टोक्रेसी (भ्रष्टतन्त्र) तन्त्र नै हो । तर, सङ्लो मान्छे धरतीमा अझै छन, किन उनीहरू विभत्स विरुद्ध कुर्लिन सक्दैनन्, केही बोल्न र भन्न सक्दैनन् विडम्बना भने हो ।
- समाज, व्यक्तिमा आशा, सपना, मूल्य रित्तिदै खुशी बेचेर सुख किन्न मान्छे संसार भौँतारिनु नित्य नयाँको चाहना हो । तर नित्य नयाँ खोज्नुको अर्थ कराहीबाट उम्केको माछो, भुङग्रोमा पर्नु भने हैन । सूचना प्रविधिको विकाससाथै भिसारहित विश्व बन्दैछ । एकअर्का सभ्यता र संस्कृतिको प्रभाव अन्यत्र पनि पर्दाछन । त्यसका बाछिटा यत्रतत्र र सर्वत्र देखिँदै छन । त्यसको लप्का यहाँ पर्नु पनि स्वभाविकै हो । नेपाली समाजमा तिब्र हस्तक्षेपले महान उथलपुथल भएर नयाँ आशा र उमंग भरिए । तर बढेका आशा, तीब्र महत्वकाङ्क्षा, महान सपनाले निरन्तरता पाउन भने सकेन ।
- नेपाली समाजमा निराशा तोड्न अहिले मानवतामाथी, राजनीतिमाथी,भावना र संवेदनामाथी विश्वासको पुनस्थापना र त्यसकै जगमा टेकेर नयाँ विश्वास पाउने कोशिस, सबभन्दा ठूलो चुनौती बनेको छ ।
- परिवर्तन र आर्दशकालागी मूल््य तिर्ने, तिरेको यो जागरुक समाज हो, थियो । अब आर्दश स्यालको सिँग बने । कुन अदृश्य आतङ्कले समाजलाई यस्तो मौन बनायो ? हामी अहिले आर्दशहीन कुण्ठाग्रस्त नेतृत्वको शासन खप्न विवश छौँ । कस्तो देश र भविष्य सन्तानलाई सुम्पिएर हामी संसारबाट बिदा हुन्छौ, हँ ! चौतर्फी अन्याय र अपराध देखिन्छ तर मान्छेसँग प्रश्न रित्तिए । जिज्ञासा सकिए । किन ?
- खुशी र स्वाभिमान सुखसँगै साटिएपछि स्वदेशमै श्रमप्रतिको अनादर भएर भाग्य अर्जाप्न मान्छे विदेश खस्कन्छ ।
- निराश अल्पकालीन हो । मान्छे अदभूत आशावादी प्राणी हो । समस्याको निरुपण गर्ने उपाय, विचार, दर्शन दिन उ सक्षम भएको सभ्यता विकासक्रममा इतिहासले प्रमाणित गरेको छ । निराशा मृत्य र निस्क्रिया स्वीकार्नु हो । दिनको चैन रातको निन्द्राको दुश्मन हो । आशा र सपनाको हत्यारा हो । राजनीतिज्ञ र समाजशास्त्रीहरुका चुनौति हुँन ।
लेखकः वरिष्ठ लेखक तथा वामपंथी विष्लेशक नरेन्द्रजंग पिटर हुन ।


