Yug Post

सुस्तावासीले अब भारतीय बाटो प्रयोग गर्नु नपर्ने

Advertisement


काठमाडौँ, ३० असोज । सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ ।

नवलपरासीबाट निर्वाचित सांसद विनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्तावासी नेपालको पुल प्रयोग गरेर आवतजावत गर्न पाउने जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदी पारीको सुस्तामा उभिएर बोल्दै छु। पृष्ठभूमिमा नारायणी नदी माथि बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय  बाटो प्रयोग गर्नुपर्ने सुस्तावासीको बाध्यता अन्त्य हुँदै छ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आउने मलाइ विश्वास छ ।’

उनले सो पुलले भूगोल मात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन् । ‘यो पुलले देशको भूगोललाई मात्रै होइन सुस्तावासीको भावनालाई पनि जोड्नेछ’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search