Yug Post

पत्रकार महासङ्घ आन्दोलनमा 

Advertisement

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समस्या देखिएका सञ्चार गृह विरुद्ध दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको छ।

महासङ्घको २०८० भदौ २९ गते शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै समस्या देखिएका सञ्चार गृह विरुद्ध आवश्यकताअनुसार दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको हो ।

महासङ्घका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको सो निर्णय गरेको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

‘बैठकले कान्तिपुर मिडिया ग्रुप, राजधानी दैनिक, इमेज टेलिभिजन, अन्नपूर्ण पोस्ट, एपिवान टेलिभिजन र ग्यालेक्सी फोरके टेलिभिजनलगायतका सञ्चार गृहमा पछिल्लो समय देखिएको श्रमजीवी पत्रकारको समस्याप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘पटक पटकको पत्राचार, संवाद, वार्ता तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत श्रमजीवी पत्रकारको समस्या समाधानमा सञ्चार गृह गम्भीर र जिम्मेवार नभएकोप्रति बैठक खेद व्यक्त गर्दै समयमै ती समस्याको सुनुवाइ नभए ती सञ्चार गृह विरुद्ध आवश्यकताअनुसार दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको छ ।’

नेपालीहरूको महान् पर्व दसैँ नजिकिँदै गर्दा श्रमजीवी पत्रकारहरू तलबविहीन बन्नुपर्दाको अवस्थालाई लिएर बैठकले गम्भीर छलफल गरेको महासङ्घले जनाएको छ ।

‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सवालमा सरकारको तर्फबाट खासै सक्रियता नदेखिनु र सञ्चार गृहबाट श्रमका सवालमा श्रमजीवी पत्रकारमाथि भइरहेको अन्याय झन् झन् चुलिँदै गइरहेकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । दसैँ अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित श्रमजीवी पत्रकार ऐनले तोकेका सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न बैठक सबै मिडिया व्यवस्थापन पक्षसँग हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

महासङ्घका अनुसार बैठकले श्रमजीवी पत्रकारका समस्यालाई थप गम्भीर र जटिल बन्न नदिन महासङ्घका केन्द्र, प्रदेश र शाखामार्फत श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र श्रमजीवी पत्रकारको श्रम समस्याका सवालमा भइरहेको क्रियाकलापको मिडिया अनुगमन निर्णय गरेको छ ।

ऐन कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निर्णय पनि बैठकले गरेको छ । सोअनुसार बैठकले जटिल समस्या देखिएका सञ्चार गृह विरुद्ध तत्काल दबाबमूलक सङ्घर्ष अघि बढाइने छ ।

महासङ्घले सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहमा घेराउ, धर्ना, अनशनसहित सङ्घर्षका विविध कार्यक्रम अघि बढाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search