२०७२ सालमा पार्टी छोडेका राष्ट्रिय सभा सदस्य झक्कु प्रशाद सुवेदीका छोरा सन्तोष सुवेदी प्रयास १० वर्ष पछी आफ्नै घर फर्किएका छन् ।
शान्तिकाल पछी प्रचण्ड संसदीय ब्यवस्थामा लिप्त भएको भन्दै २०६९को असारमा महोन बैधको नेतृत्वमा माओवादी विभाजन भएको थियो। जुन बिभाजन हुँदा बादल ,पम्फा ,विप्लव ,सोनाम लगायतका प्रभावशाली मानिएका ठूलो शक्तिले प्रचण्डको साथ छोडेको थियो।
समय वित्दै जादै प्रचण्ड तिर फर्कनेहरुको संख्या गयो १३ वर्षको अन्तरालमा अधिकांश नेताहरू फर्किसकेका छन् । केही दिन अगाडी स्थायी समिती सदस्य कर्णजीत बुढाथोकी ,चिरन पुन र आज रोल्पाका सन्तोष सुवेदी फर्केका छन् ।
तीन पटक चुनाब बहिष्कार गरेका र आज सम्म कहिल्यै चुनावमा भाग नलिएका विप्लवले वर्षमान पुन सँग रोल्पाबाट फागुन २१ गते चुनाव लड्दै छन् । उनको पार्टीको जनाधार कमजोर रहेको रोल्पामा एमाले र कांग्रेस पार्टीको मतको आशा गरेका छन् ।
चुनाबको मुखमा पार्टीको लामो समय जिल्ला सेक्रेटरी , इन्चार्ज भएका हाल कपिलवस्तुको पार्टी मुख्यालयमा बस्दै आएका सन्तोष सुवेदीले पार्टी छोडेर प्रतिशप्रधी अनन्तलाई सहयोग गर्न पुगेपछी विप्लवलाई ठूलो धक्का लागेको छ।


