बिहान उठदा आफ्नो खाताको पैसा अन्तै ट्रान्सर्फमर भएको म्यासेज आएपछि जो कोहि पनि आंतकित हतोत्साहित हुन्छ
रोल्पा त्रिवेणी गाउँपालिका ६ फारुली स्थायी घर भै हाल दाङ बस्दै आएका जोति डाँगीको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक खातामा रहेको रुपैयाँ पहिलोपटक पटक ७० फेरि ७० हजार गरि जम्मा १४० हजार रुपैयाँ हरायो ।
त्यसपछि जुगारका बैंक कर्मचारीसंग जानकारी गर्दै पत्ता लगाई दिन अनुरोध गरेको केही बेरमा पत्ता लाग्यो कलपना नामको महिलाको खातामा गएको रहेछ । पैसा फिर्ता पाइसकेका छन् । तर अब डाँगी चकित पर्दै कसरी गयो भन्ने प्रश्न जन्मियो संयोगले कर्मचारी र ती कल्पना एउटै घर भाडा बस्ने रहेछन् भन्ने सूचना आयो त्यसपछि संका बढदै गयो । कतै मिलोमतो त छैन ?
किनकि बैंकले के कारणले आफै अर्काको खातामा गएको भनेर त्यतिबेला सम्म पत्ता लगाएको थिएन । त्यसपछि ज्योति डाँगीले आफ्नो पैसा हराएको विषय र आफुलाई लागेको संका बारे एक मिडियामा प्रतिक्रिया दिए ।
त्यो प्रतिक्रिया सार्वजनिक भए पछि बैंक परिवार र ती महिला सम्म पुग्यो । बैंक परिवारले चासोका साथ लियो र कारण खोज्न लाग्यो अनि पत्ता लाग्यो डाँगीले ती कल्पना नामको महिलाको खातामा तीन महिना अगाडी अर्को दाईको तर्फबाट मोबाइल बैकिंङ बाट पैसा पठाई दिन कोसिस गरेको तर नगएको रहेछ ।त्यतिबेला नै टाइमर सेट भएको कारण अटोमिटिक गएको रहेछ ।
त्यसपछि यो घटनाले बैंक कर्मचारी र कल्पना भन्ने व्यक्तिमा पर्न गएको असर प्रति मिडिया र डाँगीले क्षमा याचना गरेका छन् ।
मिडियामा ज्योति डाँगीले सुरुमा व्यक्त गरेको अभिव्यक्तिले यसरी अटोमिटिक बैंक खाताबाट पौसा जादो रहेछ भन्ने कारण पत्ता लाग्यो । जसले गर्दा बैंक र बैंकका सेवाग्राहीलाई सचेत बनाएको छ।


