माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कार्यकर्तालाई प्रष्ट पार्ने रोल्पा तीब्र पारेको छ। यस क्रममा प्रमुख अतिथि सिजलले भने अहिले सबैभन्दा शुद्ध र राम्रो पार्टी माओवादी मात्र भएको बताएका छन् ।
आज माडी गाउँ पालिका र परिवर्तन गाउँ पालिकाको संयुक्त आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नन्द बहादुर पुन ‘आनन्द’ को अध्यक्ष र सन्चालक – हरिप्रशाद बुढा मगर सम्बेग को संचालनमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि -पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र कुमार पुन ‘सिजल’ ,विशिष्ट अतिथि – राजबहादुर बुढा मगर ‘अबिनास’ अतिथि पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्य – जय बहादुर घर्ति मगर, अतिथि जिल्ला पार्टी संयोजक रेशम पुन ‘चत्याङ’ , पार्टी प्रदेश सदस्य अमरसिँह घर्ति ´मित्रमनि` , सुक बहादुर बुढा थमन, जुनमाया घर्ति मगर, हित कुमारी बुढा लगाएत को उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सिजलले सम्बोधनमा भन्नुभयो
“ग्लोबल राजनीतिको प्रभावले नेपालमा आन्दोलन भट्कायो र केपी वली नेतृत्वको सरकार एमाले काङ्ग्रेसले भ्रष्टाचार अनि वेथितिका कारण आमयुवा जनसमुदायलाइ आन्दोलित गर्यो ।”
त्यस्तै गरि उनले भने “देश जलाउनेहरु प्रतिगामी शक्ति राजावादीहरुले नै गरे र जेनजीको आन्दोलनले रविको रास्वपा लाईपनि सक्यो । ”
“अहिले सबैभन्दा शुद्ध र राम्रो पार्टी माओवादी पार्टी मात्रै रहेको छ ।” भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् ।
राज बहादुर बुढा मगर ,रेशम पुन प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागीबाट आफ्नो कुरा राख्न समय पाएपछि माडी गापा समिती अध्यक्ष भरत बहादुर बुढा मगर ´बसन्त `ले “जनयुद्ध को जगमा १९ दिने जन आन्दोलन भयो जस्ले २४० वर्ष पुरानो राजतन्त्र को अन्त्य गर्यो । प्रचण्ड सरकार ले सुशान र भ्रष्टाचार सम्बन्धी अभियान चलायो ७ सय भन्दा बढी भ्रष्ट हरुलाइ जेल हाल्यो त्यो अभियान को जग म जेनजी अन्दोलन भयो जस्ले भ्रष्ट नेता कर्मचारीहरुको सातो खायो जरा उखेल्यो यो इतिहास सिद्ध भैसकेको कुरा आम नागरिक लाइ बुझाउनु पर्छ भनेर आफ्नो धारणा राखेका थिए।


