घोराहीले सुरु गर्यो खुल्ला आकाश मुनि बाटै सेवा दिन
दाङ । जेनजि आन्दोलनका क्रममा घोराही उपमहानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड हुँदा सेवा प्रवाह अबरुद्ध भएको थियो ।आज बाट खुला आकाश मुनि बसेर पुनः सेवा सुचारु भएको छ ।
नगर प्रमुख नरुलाल चौधरीले जलेर नष्ट भएका आफ्नै कार्यकक्ष सहितका कोठा प्रयोग गर्न नसकिने भएपछि कार्यालय परिसरमै कुर्सी र टेवुल राखी सेवा प्रवाह सुरु गरेका छन् ।
आगजनीले कार्यालय भवन क्षतिग्रस्त भए पनि नागरिकलाई आवश्यक सेवा रोक्न नहुने भन्दै चौधरीले खुला आकाशमुनि नै सेवाप्रवाह थालेका हुन् ।


