Yug Post

पशुपतिमा जलिरहेको शवबाट मासु झिकेर बेच्ने पक्राउ

Advertisement

पशुपति आर्यघाटमा जलाउन राखेको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए।

‘पीडितहरूले हड्डी बेचेको भनेर आरोपमा जाहेरी लिएर आउनुभएको छ,’ उनले भने, ‘बरामद भएको अवस्था छैन। हामी अनुसन्धान गर्दैछौं।’

प्रहरी स्रोतका अनुसार पशुपति घाटमा काम गर्ने ‘घाटे बाहुन’ र अर्का दाउरा उठाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका घाटे बाहुन यसमा मुख्य आरोपी छन्।

उनले सानो एक टुक्रा हड्डी बिक्री गरेको देखेपछि मलामी बसेकाहरूले देखेर सोधखोज गरेको प्रहरीको भनाइ छ।

‘हल्ला भएपछि प्रहरी पुगेको थियो। लिने मान्छे त्यहाँ थिएनन्। वास्तविकता के हो अनुसन्धान हुँदैछ,’प्रहरी स्रोतले भन्यो।

उनका अनुसार प्रहरीसँग पक्राउ परेका व्यक्तिले आफू लोभमा परेकोसमेत स्वीकारेका छन्।

‘लोभमा परेँ। ४/५ सय रुपैयाँ दिएकाले दिएको हुँ भनेका छन,’ स्रोतले भन्यो।

पीडित परिवारले भने दुई जनाविरूद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दिएका छन्।

उक्त हड्डी किन बेचिएको भन्नेबारे खुलेको छैन।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search