२२ भाद्र २०८२ १६:११
२२ भाद्र २०८२ १६:११
२२ भदौ, काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् । उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार,’ ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात,’ अलोकतान्त्रिक निर्णय फिर्ता गर ‘लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् । सरकारले सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम फेसबुक, एक्स, युट्युब, ह्वाट्सएपलगायतका २६ बढी सामाजिक सञ्जाललाई सूचीकरण नगरेको भन्दै बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसपछि दूरसञ्चार प्राधिकरणले सूचीकरण…