९ भाद्र २०८२ ०९:५२
९ भाद्र २०८२ ०९:५२
रोल्पामा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका शंकर परियारको किड्नीमा दाेस्राे पटक डायलासिस गर्दा सुधार हुन सकेन । अरिङ्गालले टोक्दा दाेस्राे पटक डायलासिस गर्दा पनि अरिङ्गालकाे टाेकाईबाट घाईते शंकर परियारकाे स्वास्थ्यमा सुधार नआएको तर आशिस परियारकाे भने केही सुधार भएको वीरेन्द्र मा वि गांङ प्रधानाध्यापक वर्मन बुढाले बताएका छन् । त्रिवेणी गाउँपालिका–७ स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालय, गाङका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरु विद्यालयबाट घर फर्कने क्रममा अरु कसैले जिसकाएको अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ भने पाँच जना विद्यार्थी घाइते भएका थिए। राप्ती विज्ञान प्रतिष्ठान घोराही उपचार पछि तीन जना हिजो घर फर्किसकेका छन् ।तर दुई जना मध्ये एकको केहि…