Yug Post

Day: ५ श्रावण २०८२ १५:०१

रोल्पाको थवाङमा घर माथिबाट आएको पहिरोले  एक पुरुषको मृत्यु

रोल्पाको थवाङमा घर माथिबाट आएको पहिरोले एक पुरुषको मृत्यु

रोल्पाको थवाङमा घर माथिबाट खसेको पहिरोले बगाउँदा भान्सामा बसिररहेका ७२ बर्षीय गोठे घर्ति मगरको मृत्यु भएको छ । आईतबार विहान जिल्लाको थवाङ गाउँपालिका वडा नं.-४ थापा खर्कमा ढुङ्गा र माटोले बनेको घर माथिबाट खसेको पहिरोले बगाउँदा भान्सामा बसिररहेका ७२ बर्षीय गोठे घर्ति मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहित कुमार शाहीले जानकारी दिए । घर्ति मगरलाई पहिरोले बगाएर करिव १५ मिटर टाढा लगेको र जनप्रतिनिधि, स्थानियको सहयोगमा शव निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । मृतकको श्रीमति र छोरी अर्को गोठमा रहेकाले सुरक्षित रहेको र घरको भान्सा पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search