२८ बैशाख २०८२ १७:३०
२८ बैशाख २०८२ १७:३०
नेकपा( माओवादी केन्द्र) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबिच जेठ मसान्तभित्र एकता प्रक्रियालाई टुङ्ग्याउने गरी सहमति भएको छ । शुक्रबार माओवादीका अध्यक्ष प्रचण्ड र यादवबिच खुमलटारमा आधा घण्टा लामो कुराकानी भएको स्रोतको दाबी छ । नेसपाको शनिबार शंखमुलमा बसेको कार्यकारिणी बैठकले पनि जेठ मसान्तभित्र एकता प्रक्रियालाई टुंगोमा पुर्याउने निर्णय गरेको स्रोतले बतायो । यद्यपि माओवादीको फुर्को हटाउने विषयमा प्रचण्ड र यादवबिच कुरा मिलिसकेको छैन । पूर्वदेखि पश्चिम तराईलाई पार्टीमा एकताबद्ध बनाउनका लागि महाधिवेशनअघि नै माओवादी हटाउनुपर्ने मत राखेको बुझिएको छ । प्रचण्डले पार्टी एकताका लागि १४ महिना अगाडि नै सहमति भइसकेकाले अब सबै कुरा महाधिवेशनबाट नै टुङ्ग्याएर जाने…