Yug Post

Day: १८ बैशाख २०८२ २२:४२

किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

काठमाडौँ, १९ वैशाख — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ विश्वविद्यालयको छात्रावास (होस्टेल) को कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी किट विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् र परीक्षा दिने क्रममा सोही होस्टेलमा बस्दै आएकी थिइन्। यो घटनाले केही समयअघि भएको अर्की नेपाली विद्यार्थीको मृत्यु घटनालाई पुनः स्मरण गराएको छ। गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत चितवनकी २० वर्षीया प्रकृति लम्साल पनि होस्टेलको आफ्नै कोठामा मृत फेला परेकी थिइन्। साह पनि लम्साल बस्दै आएको सोही होस्टेलमा बस्दै आएकी थिइन्। साहले के कारणले…
Read More
नेपाल शिक्षक महासंघ र  सरकार बीचको  सहमति प्रति  नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति

नेपाल शिक्षक महासंघ र सरकार बीचको सहमति प्रति  नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति

नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति जनाउँदै पुन: आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ। चैत २० देखि काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार (वैशाख १७ गते) भएको भएको वार्तामा नौबुँदे सहमति भएपछि विरोधका सबै कार्यक्रम बन्द गरेको छ।  त्यसको भोलिपल्ट बिहीबार (वैशाख १८ गते) बिहान नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी सहमति र आन्दोलन फिर्ता अस्वीकार गरेको हो।   विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव  शान्तिनाथ योगीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९औँ दिनप्रश्चात् मिति २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search