१९ माघ २०८१ १८:२१
१९ माघ २०८१ १८:२१
कलाकार एलिना चौहान को डिभोर्सको कुरा संचार माध्यम र सामाजिक संजालमा चर्चा चुलिएको बेला चर्चित अभिनेत्री रेखा थापाले आफ्नो अनुभुती बताइकी छिन् । उनि भन्छिन्, "जीवनमा आउने अवरोधलाई म बाधा होइन, सिकाइ ठान्छु। सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्। अहिले फर्केर हेर्दा, ती सबै जीवनको हिस्सा लाग्छन्।" भनेर बताइन् । आफ्नो अभिनयबारे उनले भनिन्, "म उत्कृष्ट भएर नै यहाँसम्म आएकी हुँ। अहंकार होइन, आत्मबोध हो। तर, अझै पनि म खोजेजस्तो अभिनय गर्न पाएकी छैन। किशोरावस्थामा हुलमुलमा काम गरियो, पछिल्लो समय जिम्मेवारीसाथ। तर, पूर्ण स्वतन्त्रताको अनुभूति अझै गर्न बाँकी छ। म आफ्नो फ्यान हुँ र मलाई थाहा छ, अलि…